अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

‘मिस्टर झोले’को कभर भिडियो कम्पिटिसनमा ‘क्रिस्टल क्लाउज क्रु’ टीम प्रथम

बिआरटीनेपाल २०७४ पुष २५ गते २३:४५ मा प्रकाशित

यहि पुस २८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने लागेको लचित्र ‘मिस्टर झोले’ ले आयोजना गरेको ‘कभर भिडियो कम्पिटिसन’ मा ‘क्रिस्टल क्लाउज क्रु’ टीम प्रथम भएको छ । त्यस्तै वान सटमा तयार पारिएको ‘किशन एण्ड डान्स क्रू’ले बनाएको भिडियो दोस्रो घोषित हुँदा ‘द डाइनामिक क्रू’को भिडियो तेस्रो बन्न सफल भएको छ ।  ‘ओखती’ बोलको गीतको कभर भिडियो कम्पिटिसनका लागि २५ भिडियो प्राप्त भएको र त्यसमध्येबाट उत्कृष्ट ३ भिडियोलाई विजेता छानिएको चलचित्र टीमले जनाएको छ । तिनै उत्कृष्ट टीमलाई सोमवार राजधानीमा एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरियो ।

प्रतिस्पर्धामा प्रथम हुने डान्स ग्रुपले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार नगद पुरस्कार प्राप्त गरे । ‘मिस्टर झोले’ टीमले डान्स र ड्रामा दुवै विधामा कम्पिटिसन आव्हान गरेको थियो । कार्यक्रममा निर्देशक रामबाबु गुरुङ, नायक दयाहाङ राई र नायिका दीया पुन लगायत उपस्थित थिए ।

सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मितयो फिल्मलाई टेकेन खड्काले निर्माण गरेका हुन् । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको फिल्ममा रवि न्यौपानेको छायांकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ । रामबाबु गुरुङको कथा र निर्देशन रहेको फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।

video:

प्रतिक्रिया