अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 08:46

 डा. गोविन्द केसी पक्राउ- आज बिहान ९ बजे अदालतमा बुझाईने

फाईल तस्बिर २०७४ पुष २४ गते ७:५९ मा प्रकाशित

प्रा.डा. गोविन्द केसीलाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ गरेको छ । प्रधानन्यायाधी गोपाल पराजुली र न्यायलयविरुद्ध गम्भीर लान्छना लगाएको अभियोगमा सर्वोच्च अदालतले डा. केसीलाई पक्राउ आदेश दिएपछि सोमबार साँझ अनशनस्थलबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अवहेलना मुद्दा लागेका डा. केसीले आज बाटै आफ्नो १४ औँ अनशन शुरु गरेका हुन् । अनसन बसेकै दिन उनि पक्राउ परेपछि यतिबेला डा. केसीका समर्थकहरु सामाजिक सञ्जाल मार्फत उनको पक्राउको बिरोध गरिरहेका छन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीले  ‘आइओएम’को चार वर्षअघिका डीन प्रा. डा शशि शर्माको पुनःबहाली गर्न गरेको फैसला न्यायसंगत नभएको जनाउँदै प्रधानन्यायाधीशको राजीनामाको माग गरी अनिश्चितकालीन आमरण अनशनमा बस्दै आएका छन् ।

पक्राउ परेका केसीलाई प्रहरीले सर्वोच्चको आदेश बमोजिम आज बिहान ९ बजे अदालतमा बुझाउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू