अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४८ | Colorodo: 13:03

थारु भाषालाई सरकारी कामकाजको भाषा बनाइने

बिआरटीनेपाल २०७४ पुष २३ गते ९:५७ मा प्रकाशित

दाङ, घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।

उपमहानगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित नीति कार्यक्रमअनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।
सोअनुसार थारु भाषामा आएका निवेदन दर्ता गरी कार्यसम्पादन हुनेछ भने कार्यालयमा नगर प्रमुख नरुलाल चौधरीसहितका जनप्रतिनिधि र थारु समुदायका कर्मचारीले थारु सेवाग्राहीसँग आफ्नै भाषामा कुराकानी गर्नेछन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू