अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

स्वास्थ्य संस्थाको सद्भावना दुतमा नायिका प्रियारानी लामा नियुक्त

बिआरटीनेपाल २०७४ पुष १९ गते २३:५९ मा प्रकाशित

नायिका तथा मोडल प्रियारानी लामा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको संस्था सक्षम फाउण्डेसन नेपालको सद्भावना दुतमा नियुक्त भएकी छिन् । फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा उनलाई अवसरमा उनलाई दुत घोषणा गरेको हो ।

उनलाई सक्षम फाउण्डेशन नेपालका अध्यक्ष डाक्टर सिके सिंहले सद्भावना दुतको नियूक्ती प्रमाण पत्र प्रदान गरे । नियुक्तीसँगै प्रियारानीले आफू संस्थामार्फत सामाजिक कार्यमा सक्रिय रहने बताइन् । भनिन्, ‘प्राकृतिक प्रकोपमा परेका र गरिब तथा दलित समुदायको स्वास्थ्य र शिक्षाका लागि म पनि प्रतिवद्ध रहनेछु ।’ नेपाल १ टेलिभिजन कार्यक्रम सञ्चालिका तथा मिस पूर्वाञ्चल समेत रहेकी लामाले म्युजिक भिडियोहरुमा काम गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू