अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 21:30

राजेश पायलको प्रस्तुतिमा झुम्यो इटहरीको ‘न्यू–इयर इभ’

बिआरटीनेपाल २०७४ पुष १८ गते ६:५३ मा प्रकाशित

सदावहार गायक मेघा स्टार र ईन्टरनेसनल पप स्टारको उपमा पाएका राई इज किङ अर्थात राजेश पायल राई लामो समय पछि इटहरीमा देखा परे । सन्दर्भ थियो अग्रेजी नयाँ बर्ष को अवसर पारेर आयोजित सांगितीक कार्यक्रम । पुष महिनाको चिसोमा इटहरी को जनता स्कुलको मैदानमा जम्मा भएको माहोल एका एक तातियो जव कार्यक्रम सञ्चालिका इक्सा मादेनले राजेश पायलको नाम उद्घोष गरिन् ।

साझ ८ वजे स्टेजमा देखा परेका राईले फेरी फेरी नाइ नभन्नु ल वोलको गितवाट प्रस्तुती सुरु गरे । माहोल अनुसार आफ्नो प्रस्तुती दिन खप्पिस राईले तिम्ले बाटो फेरेउ अरे ….. एकासी दुकासी…, उकालिमा जादा जाँदै….. मत मर्छुकी क्या हो ठुली……., तिमि मन दिन्छु,……. किन यती धेरै माया लाग्छ है ………., मैले मायाले दिएको चिनो … लगाएत डेढ दर्जन वढि गित प्रस्तुत गरेका थिए । आफु जस्तै सदावरा गित दर्शन नमस्ते प्रस्तुती सगै नया वर्षलाई स्वागत गर्दै आफ्नो प्रस्तुती विट मारेका थिए ।

सिल्भर ईन्टरटेन्मेन्टको आयोजनामा भएको नेपाल आइस न्यु इयर इभ कन्र्सट मा राजेश संगै पुर्वका चर्चित लोक दोहोरी गायिका अन्जु गौतम, युट्युबबाट कभर भिडियो गाउदै लोकप्रिय बनेको पुर्वेली ठिटो पल लिम्बू, गायक डिल्ली फोम्बो, बबिन लिम्बु लगायत गायक गायिकाको प्रस्तुति रहेको थियो । करिव ४ हजार दर्शक बिच साझ ६ बजेबाट सुरु भएको कन्सर्ट नया वर्षलाई स्वागत गर्दै सकिएको थियो । 

प्रतिक्रिया