अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘कृ’ को ‘यति यति पानी’ गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ पुष १६ गते ५:१९ मा प्रकाशित

यो बर्षको बहुप्रतिक्षित चलचित्र ‘कृ’ मा समावेश ‘यति यति पानी’ बोलको गीत सार्वजनिक गरिएको छ । अनमोल केसी स्टार ‘कृ’ को केहि समय अघिमात्रै सार्वज्निक ट्रेलरले पनि छोटो समयमा दर्शकको मन जितेको छ । 

सार्वजनिक गीतमा अनमोल फिचरिङ छन् । गीतमा रेनाशा वान्तवा राईको कोरियोग्राफि छ भने  अलमोडा राना उप्रेतीको स्वर रहेको छ । राजेन्द्र भाटको संगीत रहेको गीतको शब्द संगीतकार स्वयंमले लेखेका हुन् । सार्वजनिक गीतमा अनमोल कलवमा सुन्दरीहरु तथा मासमा नाचेका छन् । यो गीत चलचित्रको पहिलो गीत हो ।

सुवास गिरी र भूवन केसीले मिलेर बनाएको चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् । श्री पराजुली फिल्मका सह–निर्माता हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्र आउँदो माघ २६ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदै छ ।

https://www.youtube.com/watch?v=VI-SLkla-ts

प्रतिक्रिया