अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 10:53

ईसाई धर्ममाथी बनेको चलचित्र ‘अपेक्षा-२’को विशेष प्रदर्शनी सेन्ट जेवीयर्स स्कूलमा (ट्रेलर)

बिआरटीनेपाल २०७४ पुष १४ गते ४:२४ मा प्रकाशित

ईशाई धर्म भित्रका सन्देशले त्यस धर्मावलम्बीहरुको जिवन शैली परिवर्तन तथा सुखी जिवन जिउँन सिकाउने सन्देशलाई मुख्य विषय बनाएर निर्माण गरिएको चलचित्र अपेक्षा २ को विशेष प्रदर्शनी गरिने भएको छ । रोशन सेवकको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रको यही पौष १५ गते शनिबार सेन्ट जेवीयर्स स्कूल जावलाखेलमा हुन लागेको हो ।

ईशाई धर्म मान्नेहरुले बाईबलीय शिक्षा पालना गर्दा र नगर्दा आई पर्ने घटना क्रमलाई रोचक तरिकाले प्रस्तुत गरिएको चलचित्र अपेक्षा २ का निर्माता पास्टर तेज रोका हुन् भने यसको प्रस्तुतकर्ता पास्टर पुर्ण रसाईली हुन् । रोशन सेवक, सुमन मगर र मानबीर विश्वकर्मा सह निर्माता रहेको चलचित्रमा तेज रोका, राजु श्रेष्ठ, रोशन सेवक, निशा नेपाल, अनवी श्रेष्ठ, कुमार अब्राहम, रोहित ढकाल, बिशाल श्रेष्ठ, बिनोद परियार, मानबीर बिश्वकर्मा, सुमन मगर लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

हरिनारायण चौधरीको छायाँकन, भिम बि.सी., ईभान कुँवर राणा र सन्देश रुचालको संगीत, लाजरस के.वी.को गीत तथा राजु किराँतको द्वन्द रहेको चलचित्र अपेक्षा २ लाई उक्त दिन बिहान ११ बजे, दिउँसो १ बजे र अपरान्ह ३ बजे गरी तीन पटक प्रदर्शनी गरिने निर्देशक रोशन सेवकले बताएका छन् । उक्त चलचित्र सेवक फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो ।

प्रतिक्रिया