अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

जगदीश समाल र सपना श्रीको आवाजमा ईश्वर थापाको ‘न्यूयोर्कवाली बसन्ती’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ पुष १३ गते ६:१७ मा प्रकाशित
नयाँ बर्ष सन् २०१८ को शुभकामना सहित क्रिसमसको अवसर पारेर क्यानाडावाट नयाँ  नेपाली गीतको भिडियो रिलिज भएको छ। अन्तरराष्ट्रिय नेपाली कलाकार ईश्वर थापाको निर्माण तथा निर्देशन र सम्पादनमा जाडोमा आगो बाल्ने न्यूयोर्कवाली बसन्ती बोलको डान्सिङ गीतको भव्य रिलिज भएको हो। 
ड्रिम्सगेट नेपाल युट्युब च्यानलवाट विश्वभर एकसाथ रिलिज भएको उक्त गीतको भिडियोमा गायन गायक जगदीश समाल र गायिका सपनाश्रीको रहेको छ। संगीत ओम कर्माचार्यको रहेको छ भने, गीतकार सुरेन्द्र नकर्मी हुन्।
अमेरिकाको बैभबशाली न्यूयोर्क शहरमा छायांकन गरिएको न्यूयोर्कवाली गीतको भिडियोमा न्यूयोकवाली बसन्ती अमेरिकामा नै रहेकी प्रसिद्ध डान्सर तथा मोडल पार्वती राई बनेकी छन्। साथमा प्रवेश उप्रेती पौल,कृश थापा र डुप्लिकेट शाहरुख खान भनेर चिनिने क्यानाडा निवासी हेरी भाम्ब्राको साथमा अमेरिकी बबाल मोडलहरुको पनि अभिनय रहेको छ।
 भिडियोमा गीतको वोलजस्तै रोमान्टिक र फास्ट टाइपको डान्सिङ रहेको छ। नयां पुस्ताको रोजाई अनुसार ईश्वर थापाले भिडियो निर्माण गरेका छन्। जुन नयाँ पुस्ताको नयाँ ट्रेण्ड अनुरुपका डान्सिङ टाइपको भएकोले भिडियो सवैको प्रिय बन्ने निश्चित  थापाको बिश्वास छ ।

प्रतिक्रिया