अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

अस्ट्रेलियामा निर्माण गरिएको गायक प्रदीप रानाभाटको ‘प्रेममा परेछु..’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ पुष ११ गते २२:४७ मा प्रकाशित

 

अस्ट्रेलियामै बसोबास गरिरहेका गायक प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वरको ‘प्रेममा परेछु…’ शीर्षकको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अस्ट्रेलियामा निर्माण भएको उक्त भिडियोलाई समेत रोमान्टिक शैली कै बनाइएको छ । मोर्डन लभ सङ भनिएको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन् । सुरेन अस्ट्रेलियामा सुरेन्स फोटोग्राफीको नामले स्थापित छन् । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।

स्याट प्रे ईन्टरटेन्मेन्टले निर्माण गरेको म्युजिक भिडियोका गीतका शब्दहरु झैं रोमान्टिक बनेको छ । अस्टे«लियाका मनोरम दृष्यहरुमा छायांकन गरिएको भिडियोमा गायक प्रदीप रानाभाट तथा सपना रानाभाटले अभिनय गरेका छन् । सपनाको यो पहिलो म्युजिक भिडियो हो । भिडियोमा उनीहरुको जोडी वास्तवमै रोमान्टिक देखिएको छ ।

टेक बयलकोटीद्वारा छायांकन तथा सम्पादन गरिएको उक्त भिडियोको कलर करेक्सन भने काठमाडौंमा गरिएको हो । मोक्ष प्रोडक्सनका प्रवीण श्रेष्ठले भिडियोमा कलर करेक्सन गरेका छन् । पूनम तथा रायन निर्माता रहेको भिडियोलाई हाइलाइट्स नेपालको यूट्युब च्यालनमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया