अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

क्रिसमसमा फेशन शोसँगै शिवानीको डिजे पार्टीले ततायो होटल अन्पूर्ण

बिआरटीनेपाल २०७४ पुष ११ गते ८:०४ मा प्रकाशित

डान्स र फेशनलाई फ्युजन गर्दै बेटर ग्यालेक्सी इभेन्ट म्यानेजमेन्टले काठमाडौं क्रिसमसमा ‘क्रिसमस नाईट, फेशन शो वीथ डिजे सिवानी ओबराय’ सम्पन्न गरेको छ । काठमाडौंको बढ्दै गएको चिसोसँगै छिप्पिँदै गएको क्रिसमस इभ रातलाई मोडलहरुले क्याटवाक र डिजेले डान्सबाट तताए ।

राजधानीको अन्पूर्ण होटलमा आईतबार राती सम्पन्न क्रिसमस नाईट, फेशन शो वीथ डिजे सिवानीमा दर्शकले आधा दर्जन सिक्वेन्समा विभिन्न फेशनको मज्जा लिए ।

बालबालिका र तन्नेरी पुस्ता गरी दुई थरीको फेशन शो त्यहाँ भएको थियो । प्रारम्भिक र मध्य गरी दुई सिक्वेन्समा रिविया तण्डुकार, कृष्टिना पौडेल, युनिका पराजुली सहित १६ जना बालबालिकाले सान्ता क्लज फेशन, पार्टी वेर फेशन, किड क्याजुअल फेशन जस्ता विविध फेशन र्‍याम्पमा प्रस्तुत गरे ।

सुजाता राउत र सपना भेटवालले आफ्नो सुन्दर कोरियोग्राफीमा बालबालिकालाई र्‍याम्पमा उतारेका थिए ।
बेटल ग्यालेक्सीसँगै आयोजक पेज थ्रि फेशनले विभिन्न चार सिक्वेन्समा आफ्ना सात दर्जन विविध डिजाईनका पहिरन र्‍याम्पमा उतारेको थियो । धिराज तण्डुकारले कोरियोग्राफी गरेको तन्नेरी पुस्ताको फेशन शोमा २५ जना महिला र पुरुष मोडलले फेशन वाक गरे । उनीहरुले लेहँगा चोली, पार्टी गाउन, वान पिस, सर्ट, स्कर्ट, सार्ट गाउन, क्याजुअल, शेरवानी जस्ता विविध फेशन प्रस्तुत गरेका थिए ।

मोडलहरु ममता बस्नेत, सरिता रामदान, अपेक्षा खड्का, परिश्मा दाहाल, शुभेच्छा केसी, शिल्पा सैजु, रबना तण्डुकार, धु्रब बुढाथोकी, प्रकाश शाह, राघव अग्रवाल लगायतका मोडलले क्याटवाक गरे । बेलुका ९ः३० बजेबाट सुरु भएको फेशन शो मध्यरातमा सम्पन्न भएको थियो ।

ओसिन सिटौलाले होस्ट गरेको फेशन शोको व्यबस्थापन मिस्टर एशिया प्यासिफिक इन्टरनेशनल अँकित तिवारीले गरेका थिए । फेशन शोका क्रममा अग्रज गायक आनन्द कार्कीको गायन, महादेब त्रिपाठीको प्रहसनले दर्शकलाई थप मनोरञ्जद दिएको थियो ।

सोही कार्यक्रममा फेशन शो पछि भारतकी चर्चित अन्तराष्ट्रिय डिजे सिवानी ओबरायले राती १ बजेबाट ४ बजेसम्म आफ्नो डिजेइङबाट दर्शकलाई निरन्तर नचाईन् । उनले चल्तिका हिन्दी र अँग्रेज गीतसँगै नेपाली गीतहरुलाई मिक्स गरेर दर्शकलाई निरन्तर नचाएकी थिईन् । त्यस अघि राति १२ देखि १ बजेसम्म नेपाली डिजेहरु सुरज र साईनले दर्शकलाई नचाएका थिए ।

प्रतिक्रिया