अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९ | Colorodo: 10:44

कर्पोरेटले दियो अवार्ड, फेसियल हाउसले काट्यो केक

बिआरटीनेपाल २०७४ पुष ११ गते ६:३६ मा प्रकाशित

कर्पोरेट र फेसियल हाउसको सयुक्त आयोजनामा कर्पोरेट विजनेश एक्सिलेन्सी अवार्ड तथा फेसियल हाउसको १०औं वार्षिकोत्सव समारोह भब्य रुपमा सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र उमेशलाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धर, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा कर्पोरेट विजनेश एक्सिलेन्सी अवार्ड २०१७ साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई प्रदान गरिएको छ ।

उक्त अवसरमा मेयर शाक्यले सुन्दर देखिने चाहना मानव जाति मात्र नभएर ठाउँ स्थान वा शहरलाई पनि हुने बताउँदै केहि मिडियाले रानीपोखरीको विषयमा नचाहिदो अफवाह फैलाएको दुःखेसो गर्नुभयो । पुरातत्व विभागको स्वीकृतिमा नै निर्माण गर्न लागिएको भए पनि बन्नु अगाडि नै नचाहिदो हल्ला फैलाएर काममा वाधा गर्न खोजेको आसय आफुले बुझ्न नसकेको बताउनु भयो । त्यसैगरी नेपाल उद्योग वणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विधागत रुपमा उभिएर कर्पोरेटले छुट्टै पहिचान बनाउन सकेको बताउनु भयो । त्यसै गरी नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालमा कस्मेटिकको बजार ६ अर्व रुपैयाँको भए पनि नेपाली प्रोडक्ट नगन्य रहेकोले आपूmले नेपाली प्रडक्ट बढाउने काम गर्ने बताउनु भयो ।

त्यसैगरी कर्पोरेटका प्रकाशक तथा सम्पादक उज्वलजंग शाहले ब्यपारीबर्ग, राजनीतिज्ञ र आम मानिसबीच कर्पोरेट पुल बनेको वताउनु भयो । फेसियल हाउसका संञ्चालक सुष्मा महराले सृष्टिको आदिकालदेखि नै सुन्दर देखिने चाहना सवै मानव जातिमा रहँदै आएको र समयको बदलाव संगै यो चाहना महिला र पुरुष दुवैमा बढ्दै गएकोले आजको प्रतिस्पर्धात्मक समयमा व्यक्तिको बौद्धिक क्षमतासंगै उसको आवरणीय सुन्दरताको महत्व र आवश्यकतालाई निर्विवाद रुपमा प्राथमिकता दिन थालिएकोले ब्युटिपार्लरको बजार बढ्दै गएको र आगामी दिनमा अझ ब्यापक बनाउने बताउनु भयो ।

उक्त अवसरमा फेसियल हाउसका तर्फबाट रक्षा नेपालकी अध्यक्ष मेनुका थापालाई विशेष सम्मान र कर्मचारीहरूलाई मूल्यांकन कदर गरिएको थियो । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र कम्प्युटर एशोसियशन नेपालका पूर्वअध्यक्ष विप्लवमान सिंहले कर्पोरट म्यागेजिनले व्यवसायीलाई प्रोत्साहन गर्दै सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यसका संचालक शाहको खुलेर प्रशंसा गर्नुभयो ।

उर्मिला श्रेष्ठलाई कर्पोरेट विजनेश एक्सिलेन्सी अवार्ड
साल्ट ट्रेडिङ कर्पोरेशनका कार्यकारी प्रमुख उर्मिला श्रेष्ठलाई कर्पोरेट विजनेश एक्सिलेन्सी अवार्डवाट सम्मानीत हुनुभएको छ । कर्पोरेट म्यागजिन र फेसियल हाउसको सयुक्त आयोजनामा भएको कार्यक्रममा काठमाण्डौं महानगर पालिकाका मियर विद्या सुन्दर शाक्यले अवाड प्रधान गर्नु भएको थियो । श्रेष्ठ साल्ट ट्रेडिङ कर्पोरेशनको महाप्रवन्धक नियुक्त हुँदा धेरैलाई लाग्थ्यो उर्मिला श्रेष्ठले प्राप्त गर्ने सफलताको उचाई यहाँसम्म पुग्नेछ कि विचमै रोकिने छ ! सरकार मातहतका कैयन संस्थान समयोचित ब्यवस्थापन हुन नसकेर टाट पल्टिरहेको अवस्थामा एउटी महिला संस्थान प्रमुख हुँदा प्राप्त हुने यस्तो प्रतिक्रिया त्यसवेला अस्वाभाविक पनि थिएन । असल नियत, कर्तब्य परायणता र लगनशिलता भएमा के महिला के पुरुष कार्य सम्पादन वा ब्यवस्थापनमा सफल हुन्छन् भन्ने कुराको उदाहरण पहिले महा प्रवन्धकका रुपमा अहिले प्रमुख कार्यकारी अधिकृतका रुपमा उहाँले राम्रैसित दिन सफल हुनु भयो ।

निकै शालिन र भद्र स्वभावकी श्रेष्ठको मिलनसारिता र कर्मचारी संगको सहयोगी ब्यवहार सफलताका थप कारण हुन् । कार्य सन्चालन र ब्यवस्थापनलाई चुस्त र दुरुस्त राख्दै साल्ट ट्रेडिङ जस्तो सरकारी संस्थानबाट आयो नुनका अतिरिक्त अन्य दैनिक उपभोग्य बस्तुको सेवा सुविधालाई सहज र सुलभताका साथ सर्वसाधारण जनताको पहुँचमा पुर्याउन उहाँले निर्वाह गर्नुभएको भूमिका र कर्पोरेशनलाई आर्थिक र सामाजिक दुबै पक्षबाट सफलताको उचाईमा पुर्याउने उहाँको योगदानको उच्च कदर गर्दै कर्पोरेट विज्नेश एक्सिलेन्स अवार्ड २०१७ प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया