अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

गायिका मेलिना राईको नयाँ गीत ईन्द्रेणीको भिडियो कला उत्कृष्ट

बिआरटीनेपाल २०७४ पुष ८ गते २:१० मा प्रकाशित

पछिल्लो समय नेपाली गीतसंगीतलाई मेहनतका साथ तयार पार्न थालिएको छ । फिल्म होस् या आधुनिक गीतको भिडियोलाई दृश्यको हिसाबले पनि उत्कृष्ट बनाउन कुनै कसर बाकि राखिदैन । यसै मध्येको एक गीत हो ’इन्द्रेणीको’ । पछिल्लो समयकी पपुलर गायिका मेलिना राईको स्वर रहेको भिडियोलाई उनकै च्यानल मार्फत रिलिज गरिएको छ । इन्द्रेणी एल्बममा समावेश यस गीतमा शब्द दियालो सुशन माँझीको रहेको छ भने यसलाई उत्तम जंग लिम्बुले संगीत भरेका छन् ।

फणिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोलाई टौवा क्रियसनले तयार पारेको छ । शान थापा निर्दे्शित भिडियोमा निराजन प्रधान र नीता ढुंगानाको जोडी फिचरीङ छन् । फिल्ममा नदेखिएको जोडीलाई भिडियोमा देखाएको निर्देशन थापा बताउछन् । गीतमा युवतीले कल्पना गर्ने मायाको संसारलाई चित्रण गरिएको छ । विशेष गरि गीतको ड्रेसले चर्चा पाएको छ ।

गीतमा नीता र निराजनको ड्रेसमा ध्यान दिईएको छ । अन्य भिडियो भन्दा फरक बनाउन निर्देशक थापाले कमल मानन्धरको डिजाइनमा रहेको ड्रेसमा निराजन र नीतालाई प्रस्तुत गरेका छन् । कल्पनाको संसारमा प्रस्तुत हुदा यस किसिमको ड्रेसमा निराजन र नीता प्रस्तुत भएका हुन् । राजिभ समरको कोरियोग्राफी रहेको गीतलाई अर्जुन तिवारी र टीमले खिचेका हुन् । मनोज जोशी प्रोडक्सन म्यानेगर रहेको यस गीतको भिडियोमा सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ ।

शान थापा , निर्देशक ( गीतलाई अन्य भन्दा फरक बनाउन सम्पूर्ण टीमनै लागेका थियौ । गीतले प्रेम भाव व्यक्त गर्ने भएकोले युवतीले कल्पना गर्ने राजकुमारलाई देखाउने प्रयास गरेका छौ । कल्पनामा युवतीले आफुलाई परिको रुपमा चित्रण गर्ने भएकोले त्यस किसिमकै ड्रेसलाई प्रयोग गरेका छौ । विशेष गरि यी दुईको मनलाई पुष्पसंग तुलना गर्दै त्यस्तै किसिमको ड्रेसमा प्रस्तुत गरेका छौ । गीतले चोखो मायाको भावनालाई व्यक्त गरेको छ ।

 

मेलिना राई , गायिका – गीतमा विशेष गरि मायालुको कल्पनालाई प्रस्तुत गरिएको छ । शब्द र संगीतकै हिसाबमा गीतलाई गाएकी हु । एउटी सुन्दरीले आफुलाई परि सम्झिदै गर्दा कस्तो राजकुमार चाहन्छे भन्ने भावना गीतमा व्यक्त गरेका छौ । साथै भिडियोमा पनि यसलाई नै देखाउने प्रयास गरेका छौ ।

प्रतिक्रिया