अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

चलचित्र ‘लालपूर्जा’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७४ पुष ७ गते १:३१ मा प्रकाशित

पछिल्लो समय सिनेक्षेत्रमा निकैनै चर्चित बनेका नायक सौगात मल्लको अपकमिंग चलचित्र ‘लालपूर्जा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित कार्यक्रममा चलचित्रको कमेडी ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सौगातको फरक गेटअप तथा प्रेम,कमेडी, रोमान्स लाई देखाइएको छ ।

चलचित्र मा दुई दाजुभाइको लालपूर्जाकै कारण उत्पन्न द्वन्द्वलाई देखाइएको छ । मिस्टिक ड्रामा भनिएको ‘लालपूर्जा’मा लेखक कुमार नगरकोटी र नायिका सृष्टि श्रेष्ठ पनि विशेष भूमिकामा देखिँदैछन् ।

चलचित्रमा सौगातका साथमा विपिन कार्की,मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकारहरु पनि अभिनय छ । चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउँदै छ।

प्रतिक्रिया