अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

सामाजिक यथार्थबादी गायक नविन पौडेलको ‘हुर्कीएकी छोरीलाई जोगाउनै गाह्रो’ गीत चर्चामा (भिडियो)

बिआरटीनेपाल २०७४ पुष ६ गते १३:०४ मा प्रकाशित

नेपाली लोक दोहोरी क्षेत्रमा सामाजिक यथार्थतालाई प्रस्तुत गर्ने गायक हुन् नविन पौडेल । नबिन पौडेलका गीतहरु सस्तो मनोरञ्जनका लागि नभई समाजका बिकृती र कृरिती, मौलिकता, मानिसका सोच, समयको प्रभाव र सन्देशमा केन्द्रीत रहने गरेको पाईन्छ । पछिल्लो समय गायक नविन पौडेलको फुलेको तोरिलाई बैंश आको छोरिलाई जोगाउनै गाह्रो बोलको गीत सार्वजनिक भएसंगै अत्याधिक चर्चामा रहेको छ ।

चार बजे स्कुल बाट घरमा आइनन भनी
बस्नुपर्छ बाउ आमाले औँला गनि गनि
जोगाउनै गाह्रो
फुलेको तोरिलाइ हुर्किएकी छोरिलाइ जोगाउनै गाह्रो
मौरीबाट तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो।

राज्यले महिला र पुरुषलाई समान भनेपनि सामाजिक घेरा भित्र अझै पनि छोरिहरु कैद रहनु परेको भाव भात्र होईन यो गीतमा खराव संगतले निम्तन सक्ने घटनाबारे परिवारमा हुने गरेका चिन्तालाई पनि प्रस्तुत गरिएको छ भने सानो तिनो कुरामा पनि छोरिलाई मर्यादाको पाठ सिकाउने बाबुआमा छोराका गल्तीलाई नजरअन्दाज गरिरहेका हुन्छन् भन्ने नारी बिद्रोह पनि समावेश छ ।

गायक नविन पौडेलकै शब्द र लय रहेको गीतमा गायक पौडेल संगै पूर्णकला बिसि र भुमिका शाह संकरको पनि स्वर रहेको छ । ग्रामिण परिवेशको चित्रण यो गीतको भिडियोमा चर्चित हाँस्यकलाकार शिवहरी पौडेल (मुखाँ हान्नु जस्तो), रेखा थापा र टिका जैसी संगै अन्य कलाकारहरुको पनि अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने सम्पादन रमेश बिके रसाईलीको रहेको छ ।

नेपालको मेची महाकाली तथा देश बिदेशका लाखौं लाख दर्सक श्रोताको मन मनमा राज गरि स्टेज बाटै सबैको मन जितेर स्टेज किङ बनेका,
प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य, अन्तरास्ट्रिय कलाकार मन्च नेपाल च्याप्टरका उपाध्यक्ष, तथा रास्ट्रीय लोक दोहोरी प्रतिस्ठान नेपालका पुर्ब केन्द्रीय सदस्य रहेका नविन पौडेलका यस अघिका के सम्झनु छर जान्न मत त्यो घर, रातो डोरि कपाल लर्केको, सत्य खान्छु कसम आजै भेट भाको बटौली आको म परेँ पाल्पाको ,श्रीनगर बतासे डाडैमा, यस्तै हुन्छ भन्नेभा लाउने थिइन माया बुढिकन्या बन्नेभा, हरेक जातजाती छौँ नानाथरी, बुलाकी लाउदिनौ झुम्काना लाउदिनौ, ए हजुर सुन्नुभाछ र, सत्यकुरा बोल्छु नेपालमा आम्दानी राजनितिमा रैछ यहि बर्ष भित्रमा नया पार्टी खोल्छु, दुखका दिन गए लगायतका दर्जनौ गीतहरु पनि अत्याधिक लोकप्रिय रहेका छन् ।

जापान, दुबई, बङ्गलादेश लगायतका देशहरुमा आफ्नो सांगितीक प्रस्तुती दिईसकेका गायक नविन पौडेलले नेपालका प्राय सबै जिल्लामा आफ्नो प्रस्तुती दिंदै आएका छन् ।

सरल र आत्मिय स्वभाव, सकारात्मक सोच र लोकगीतलाई समाजको ऐनाका रुपमा हेर्ने गायक नविन पौडेल आफ्ना गीतहरु बिबादित चर्चामा आउनु भन्दा गीतले समाजको प्रतिनिधित्व गरोस् भन्ने चाहन्छन् । मौलिकतामा रहेर लामो समयदेखी संगीत सृजनामा क्रियाशिल पौडेल लोकदोहोरी क्षेत्रलाई बिकृतीपुर्ण शब्दले होईन सन्देशमुलक शैलीले बिकाश गर्न सकिन्छ भन्ने मान्यता राख्ने गर्दछन् ।

प्रतिक्रिया