अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

हङ्कङ-धरान साँझमा जाने कलाकारहरूको बिदाइ

धरान २०७४ पुष ६ गते १०:२१ मा प्रकाशित

आगामी डिसेम्बर २६ तारिख हङ्कङमा धरान हङ्कङ मञ्चको आयोजनामा हुने धरान साँझको लागि धरानबाट जाने कलाकारहरुलाई बुधवार हाङ्कुक सारङ रेष्टुरेण्टमा आयोजित एक कार्यक्रमका बिच बिदाइ गरियो ।

हङ्कङ जानेहरु मिस पूर्वाञ्चल २०१७ रुबी लिम्बू,वरिष्ठ गायक गङ्गा वरदान, गायकद्वय मनोज मोते र प्रशान्त शर्मा लगायत धरान आएका हङ्कङ नेपाली महासङ्घका अध्यक्ष रीता गुरुङलाई खादा लगाएर कार्यकर्म को सफलता को कामना गर्दै बिदाइ गरिएको थियो । धरान साँझमा प्राश्ना शाक्य, सुरेश लामा र प्रमिला राई लगायतका गायक गायिकाहरुको पनि सहभागिता रहनेछ ।

युमातेइ कम्युनिटि हलमा भव्य समारोहका बिच करिब डेढ दशकपछि धरान हङ्कङ मञ्चले कार्यक्रर्म आयोजना गर्न लागेको हो ।

सबै कलाकारहरू शनिवार साँझ हंगकंग आइपुग्ने छन् । हङ्कङ नेपाली महासङ्घका भूपू अध्यक्ष प्रदीप थापा, सिल्भर इन्टरटेन्मेन्टका निर्देशक सौरभ श्रेष्ठ, गायक डिल्ली फोम्बो , मिस पूर्वाञ्चल २०१६ की फस्ट रनर अप इक्सा मादेन, ब्ल्याकपिग इन्टरटेन्मेन्टका बुलेटहाङ तिगेला ,गजुरमुखी ट्रेडर्सका गोपाल आचार्य, ब्लाष्ट टाइम्सका सह–सम्पादक देवेन्द्र कार्की र बराह ज्वेलरीका प्रशासकीय अधिकृत गङ्गा कालिकोटे लगायतका महानुभावहरु उपस्थित रहेका थिए । त्यस्तै बराह ज्वेलरीका प्रशासकीय अधिकृत गङ्गा कालिकोटेले हङ्कङ नेपाली महासङ्घका अध्यक्ष रीता गुरुङलाई मायाको चिनो स्वरूप चाँदीको कलश प्रदान गरेका थिए भने सिल्भर इन्टरटेन्मेन्टका निर्देशक सौरभ श्रेष्ठले मिस पुर्वान्चललको तर्फ बाट हङ्कङ नेपाली महासङ्घलाई सम्मान पत्र प्रदान गरेका थिए । सोही कार्यक्रममै मङ्गलवार सम्पन्न मेगा लाइभ कन्सर्टमा सहयोग गर्नेहरुलाई सम्मान–पत्र वितरण गरिएको थियो । मेगा लाइभ कन्सर्ट २०१७ मा आर्थिक, सामाजिक र भौतिक रूपमा सहयोग गर्ने विभिन्न सङ्घ–संस्था तथा व्यक्तिहरूलाई आयोजक नेपाल क्लबले सम्मान गरेको हो ।

प्रतिक्रिया