अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१९ | Colorodo: 21:34

हाङ्युग अज्ञातको नयाँ गीत ‘हजार अनुहार सहर’ भित्र प्रेमको पृथक आभाष

बिआरटीनेपाल २०७४ पुष ६ गते ९:५१ मा प्रकाशित

कवि तथा गीतकार हाङ्युग अज्ञातको नयाँ गीत हजार अनुहार सहरमा सार्वजनिक भएको छ । लेखन कलामा उच्च प्रशंशा कमाएका अज्ञातका हजार अनुहार सहरमा दिनेश शुब्बाको संगीत र अनुपमा प्रधानको आवाजमा केहि दिन अघि मात्र सार्वजनिक भएको हो ।

प्रेमको गहिराईलाई शशक्त मुर्छना भरेर लेखिएको अज्ञातको यो गीतले अहिलेका चर्चामा रहेका भनिएकागीतहरु भन्दा नेपाली संगीतको पुरानो पृष्ठभुमिलाई आभाष गराएको पाईन्छ । प्रवासमा रहेर पनि नेपाली समाज र सांगितिक क्षेत्रलाई नजिकबाट निहालिरहेका गीतकार अज्ञात साहित्य समिक्षक पनि हुन् ।

प्रतिक्रिया