अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 09:26

गायक नबिन कटुवालको ‘कोदाको पानीले तिरीमिरी झ्याईँ’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ पुष ५ गते ५:४१ मा प्रकाशित

गायक नबिन कटुवालको नयाँ गीत ‘तिरीमिरी झ्याईँ’ को भिडियो सार्वजनिक भएको छ । २०६४ सालदेखी गायन क्षेत्रमा सक्रिय कटुवालले यसपटक ‘डान्सिङ्ग नम्बर’ प्रस्तुत गरेका हुन् ।

गीतमा नबिनको स्वर, प्रकाश नेपालीको संगीत तथा गणेश शाहको रचना रहेको छ । नबिन आँफैले निर्देशन गरेको यस गीतको भिडियोमा सुनिल, रोहनी लगायतका कलाकारहरुको नृत्य रहेको छ । गीतमा प्रिती गुरुङ्को कोरियोग्राफी छ । सरोज अधिकारीले छायांकन गरको गीतलाई पोखरा आसपासका रमणिय स्थानहरुमा खिचिएको छ ।

नबिनले यसअघि आधुनिक गिती संग्रह ‘कोशेली’ तथा ‘साथ’ बजारमा ल्याएका थिए । स्थायी घर भोजपुर भएतापनि पोखरामा सक्रिय नबिनले छिट्टै अर्को गीतको भिडियो पनि प्रस्तुत गर्ने बताए ।

प्रतिक्रिया