अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

बिश्वकै कान्छा निर्देशक सौगात विष्टको दोस्रो चलचित्र ‘हैरान’को डबिङ सक्कियो

बिआरटीनेपाल २०७४ पुष ५ गते ०:५४ मा प्रकाशित

चलचित्र ’हैरान’ को डबिङ सकिएको छ । गायक तथा अभिनेता सत्यराज आचार्यको डबिङ गरेपछी निर्माण टीम अब अन्य प्राविधिक कार्यमा जुटेको छ । बिश्वकै  कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भईरहेको फिल्मलाई कमेडी जनरमा तयार पारिएको छ । डेब्यु फिल्म ’लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए ।

यिनै सौगात दोस्रो फिल्म लियर आउने तयारी गरिरहेका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा सत्यसंगै गजित विष्ट , मोहमद वसिम राजा , निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , द्वन्द चन्द्र पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

सत्यराज आचार्य  

निकै रमाइलो भयो काम गर्दा । हैरान राम्रो बनाउन हामी पनि हैरान नभएका हैनौ किनकी मैले झन्डै २५ हजारको पान नै खाएछु । मेरो क्यारेक्टर अनुसार नै पान पनि खाएको हु र डबिङ गर्दा पनि यसलाई ध्यान दिएको छु । मैले गरेका अभिनयमा आफैलाई मन परेको एक क्यारेक्टर हैरानको पनि हो । फिल्ममा हामीले जति काम गरेका छौ भन्ने सोचेका थियौ , त्यो भन्दा राम्रो पाए डबिङमा हेर्दा ।

गजित बिष्ट 

फिल्म राम्रो बनाउन कुनै कसर बाकि राखिएको छैन । यसैले गर्दा पनि समय लागि रहेको छ । डबिङ सकिएको छ , अब अगाडीको काममा लाग्छौ । एक साधारण व्यक्ति दिन चर्या बिताउने क्रममा भोग्ने हैरानीलाई नै यसमा उतार्ने प्रयास गरेका छौ । फिल्मले दर्शकलाई संदेश त दिन्छ नै साथै भरपुर मनोरंजन पनि दिन्छ । फिल्म सन् २०१८ मा रिलिज हुनेछ । संवत यहि आउदो चैत्र या बैशाखमा ।

प्रतिक्रिया