अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

गायक प्रमोद खरेलको ‘दन्तैमा मोहनी’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ पुष ४ गते १०:१४ मा प्रकाशित

गायक प्रमोद खरेलको नयाँ गीत दन्तैमा मोहनी सार्वजनिक भएको छ । डिपी खनालको शब्द र संकर थापा स्माईलको संगीत रहेको दन्तैमा मोहनी भिडियो सहित गायक खरेलको आफ्नै युटुव च्यानल मार्फत मंगलबार सार्वजनिक भएको हो ।

काठमाडौंको सुन्धारा र सातदोबाटोस्थित एन्फा कमप्लेक्समा छायांकन गरिएको यस गीतको भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् भने गीतमा सुनील क्षेत्री, प्राञ्जली सापकोटा र नेपाली ठिटोजको अभिनय रहेको छ ।

दीक्षा क्रियसनको प्रस्तुति रहेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया