अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०१ | Colorodo: 15:16

नेपाल र श्रीलंकाबीचको सम्बन्ध शताब्दीऔँ लामो

ललितपुर, (रासस) २०७४ पुष ४ गते ८:३६ मा प्रकाशित


परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले नेपाल र श्रीलंका बिचको मैत्रीपूर्ण सम्बन्ध शताब्दीऔं लामो भएको बताउनुभएको छ ।

नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा यहाँस्थित श्रीलंकाली दूतावास र बौद्ध बिहार सङ्घद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले औपचारिकरुपमा ६० वर्षदेखि कूटनीतिक सम्बन्ध स्थापित भए पनि अनौपचारिकरुपमा त्योभन्दा धेरै लामो भएको बताउनुभएको हो ।

सचिव बैरागीले भन्नुभयो, “धर्म, कला, संस्कृतिमार्फत नेपाल र श्रीलंका लामो समयदेखि जोडिएकोे छ ।” भूकम्पपछिको पूर्ननिर्माणमा श्रीलंकाली सरकारले गरिरहेको सहयोगको पनि उहाँले प्रशंसा गर्नुभयो ।

नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेराले उच्च स्तरमा भइरहेको भ्रमणले नेपाल र श्रीलंकाबीचको सम्बन्ध अझै बलियो बनाएको बताउनुभयो ।

“तत्कालीन राजा महेन्द्रदेखि नेपालका राज्य प्रमुखहरूको र श्रीलंकाका प्रमुखले समय–समयमा महत्त्वपूर्ण भ्रमण भइरहेको छ, उहाँले भन्नुभयो, “नेता, विद्धान, भिक्षुलगायतको भ्रमणले दुई देशको सम्बन्ध अझै बलियो भएको छ ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले श्रीलंका र नेपालको सम्बन्ध सधैँ मैत्रीपूर्ण र जनता–जनताबीच जोडिएको बताउनुभयो ।

लुम्बनी बौद्ध विश्वविद्यालयका उपकुलपति नरेशमान बज्रचार्यले बौद्ध शिक्षा विश्वविद्यालयमा भित्र्याउन नेपालभन्दा श्रीलंका अघि भएको धारणा व्यक्त गर्नुभयो ।

बौद्ध बिहार सङ्घ ललितपुरका अध्यक्ष पुष्परत्न शाक्यले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), विमस्टेकलगायतका क्षेत्रीय मञ्चहरूमा नेपाल र श्रीलंका सँगसँगै भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू