अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

मुसहर समुदायका लागि सुविधा सम्पन्न भवन निर्माण हुँदै

राजविराज २०७४ पुष ३ गते १२:२७ मा प्रकाशित

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका मुसहर समुदायका लागि निर्माण हुने सुविधा सम्पन्न भवनको आज एक समारोह बिच शिलान्यास गर्नुभयो ।

न्युज २४ च्यानल प्रालिद्वारा तिलाठी कोइलाडी–४ स्थित १० कठा जग्गामा मुसहर समुदायका लागि करिब ४२ वटा सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो ।

दुई कोठा, एक भान्सा र शौचालयसहित एउटा भवन ४ धुर जमिनमा निर्माण गरिने बताइएको छ । करिब रु तीन लाख ५० हजारको लागतमा एउटा भवन निर्माण गर्न लागिएको सो च्यानलद्धारा जानकारी दिइएको छ ।

बाढीबाट प्रभावित÷पिडित मुसहर समुदायका लागि सो भवन निर्माण गरिने बताइएको छ ।

बाढीबाट जोगिनका लागि भवनको तलबाट पानी बग्ने गरी निर्माण गर्न लागिएको प्राविधिकले बताएका छन् ।

सो अवसरमा अध्यक्ष यादवले राष्ट्र, राष्ट्रियता र जनताप्रति संचारमाध्यमले उल्लेखनीय भूमिका निर्वाह गरेको बताउँदै सामाजिक विकृति र विसंगतिका विरुद्ध संचारमाध्यमले समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू