अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

‘सुपर प्लस साईज मोडल नेपाल’को दोस्रो अडिसन पौष १५ मा

बिआरटीनेपाल २०७४ पुष ३ गते ८:४४ मा प्रकाशित

ओमनिया द हिडन बिउटिको प्रस्तुतिमा तथा युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको ईभेन्ट व्यवस्थापनमा “सुपर प्लस साईज मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ । “सुपर प्लस साईज मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको लागि यही आउदो पौष १५ गते रोस्यो क्याफे नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिनको ३ बजेसम्म दोस्रो अडिसन हुने युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले गराए l

पहिलो अडिसन बाट यस सौन्दर्य प्रतियोगिताको लागि ९ जना “सुपर प्लस साईज मोडल” प्रतियोगीहरु छनौट गरिएको जानकारी पनि उनले गराए l

यस प्रतियोगितामा अबिबाहित तथा बिबाहित सबै युवती तथा महिलाहरूले भाग लिन पाउनेछन l यस सौन्दर्य प्रतियोगितामा प्लस साइज (मोटोपन) भएर निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधैँ पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफूलाई एक्सपोज गर्न डराईरहेका महिलाहरूलाई उनीहरूको क्षमतालाई अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको ओमनिया द हिडन बिउटिकि संचालिका प्रियंका बोथ्राले जानकारी गराएकि छिन।

ओमनिया द हिडन बिउटिले आयोजना गर्न लागेको यस प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरुले ओमनिया द हिडन बिउटिको सम्पूर्ण आउट्लेट तथा युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको कार्यालय डिल्लीबजार तथा फेसबुक पेजबाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन l प्रतियोगितामा भाग लिनको लागि १६ देखि ३५ वर्ष, उचाइ ४’८” र तौल ५५ केजी भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ l उक्त प्रतियोगिताको विजेताले नगद रु २५००० (पच्चिस हजार) सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l

प्रतियोगिताका लागि छनौट हुने प्लस साइज सुन्दरीहरुलाई पच्चिस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित गतिविधिमा समेत सहभागी गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए ।

प्रतिक्रिया