अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३८ | Colorodo: 20:53

‘इन्डियाज नेक्स्ट टप मोडल’मा नेपालकी सबिता कार्कीलाई ‘फस्ट रनर्स अप’ उपाधी

बिआरटीनेपाल २०७४ पुष ३ गते ५:३१ मा प्रकाशित

भारतीय फेशन रियालिटी शो ‘इन्डियाज नेक्स्ट टप मोडल’मा नेपालले फस्ट रनर्स अपको उपाधी हात पारेको छ । प्रतियोगिताको तेस्रो संस्करणमा नेपालको तर्फबाट सहभागीता जनाएकी मोडल सबिता कार्कीले फस्ट रनर्स अपको उपाधी जितेकी हुन्।

भिम्याग, एम एण्ड एस, टिएनएम लगायतमा फोटो प्रकाशित भएपछि चर्चामा आएकी फस्ट रनर्स अप सबिता कार्कीले गत साता निर्णायक रहेकी बलिउड अभिनेत्रीसँग दिएको पोज उत्कृष्ट फोटो घोषणा समेत भएको थियो ।

शीर्ष विजेताको उपाधी अमदाबादकी रिया सुवोधले प्राप्त गरेको ‘इन्डियाज नेक्स्ट टप मोडल’ प्रतिस्पर्धामा श्वेता राज सेकेन्ड रनर्स अप घोषित भइन् ।

फस्ट रनर्स अप नेपालकी सबिता कार्की अन्तर्राष्ट्रिय फेशन प्रतियोगितामा सहभागी जनाउने दोस्रो नेपाली युवती हुन्। यसअघि आस्था पोखरेलले एसिया नेक्स्ट टप मोडल २०१२’ मा सहभागिता जनाएकी थिइन् ।

प्रतिक्रिया