अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

शेर्पा कलाकार संघ गठन

बिआरटीनेपाल २०७४ पुष ३ गते ४:५४ मा प्रकाशित

शेर्पा समुदायहरू बिच भएका कलाकारहरुलाइ एकजुट गर्ने उदेश्यले शेर्पा कलाकार सङ्घ गठन गरिएको छ l विश्व विख्यात शेर्पा समुदायहरू अहिले राष्ट्रिय रूपमा हरेक क्षेत्र, हरेक ठाउँ तथा हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउदै गएका छन् l शेर्पा समुदाय हिमाल चड्नमा मात्र नभएर कला सस्कृतिमा पनि धनी छन् l शेर्पाहरुको आफ्नै कला सस्कृति छ, आफ्नो कला सस्कृतिले मात्र नभएर हरेक क्षेत्रमा अहिले शेर्पा कलाकारहरू राष्ट्रिय रूपमा चर्चित भएका छन् l नेपाली चलचित्र देखि गीत सङ्गीत, नृत्य, हास्यबिधा हरेक क्षेत्रमा अब्बल बन्दै मुलुक भित्र मात्र नभएर विदेशमा समेत प्रख्यात बन्दै गएका छन् l

समग्र शेर्पा समुदाय भित्र रहेका कलाकारहरुलाई एकजुट गर्ने उद्देश्य तथा शेर्पा कलाकारहरूको हकहितको लागि अहिले शेर्पा कलाकार सङ्घ गठन भएको छ l डिजे ङवाङ शेर्पाको अधक्ष्यतामा गठन भएको शेर्पा कलाकार सङ्घमा एपी शेर्पा बरिष्ट उपाधक्ष्य, आङ कामी शेर्पा उपाधक्ष्य, ल्हमु शेर्पा उपाधक्ष्य, गायक दोर्जी लामा महासचिव, दावा के शेर्पा सचिव, जाङमु शेर्पा कोषाधक्ष्य, ओङमु शेर्पा सहकोषाधक्ष्य तथा शेर्पा कलाकार सङ्घको प्रवक्तामा कर्मा शेर्पा रहेका छन् भने अन्य कलाकारहरू सदस्यमा समेत रहेका छन् l

चर्चित गायक मिङमा शेर्पाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ट गायक ल्हाक्पा शेर्पाको प्रमुख उपस्थिति रहेको थियो भने गायक ल्हाक्पा “शेर्पा कलाकार सङ्घ”को सल्लाहकार समेत रहेका छन् l विभिन्न क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदायका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा समाजसेवीहरु, विभिन्न शेर्पा सङ्घ, सस्थाका प्रतिनिधिहरू, संचारकर्मी तथा विदेश बाट आएका शेर्पा किदुकका प्रतिनिधिहरूको समेत बाक्लो उपस्थिति रहेको थियो l

विश्वभर छरिएर रहेका शेर्पा समुदायका कलाकारहरुलाइ एकजुट गराई सम्पूर्ण कलाकारहरूको हकहितलाइ सम्बोधन गर्दै सबै शेर्पा कलाकारहरूको लागि आवाज उठाउने उदेश्यले शेर्पा कलाकार सङ्घ गठन भएको जानकारी महासचिव गायक दोर्जी लामाले दिएका छन् भने शेर्पा कला सस्कृतिलाइ समेत राष्ट्रिय रूपमा पहिचान दिलाउन शेर्पा कलाकार सङ्घ लागि पर्ने र शेर्पा कलाकारहरुलाई प्रोत्साहन गर्दै शेर्पा कलाकारहरूको लागि शेर्पा कलाकार सङ्घको भूमिका उल्लेखनीय रहने कुरा महासचिव दोर्जी लामाले गराए l

 

 

प्रतिक्रिया