अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१५ | Colorodo: 08:30

गायिका निर्मला थापा मगरको पप गीत ‘भमरा’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ पुष ३ गते ३:१२ मा प्रकाशित
 गायिका निर्मला थापा मगरको नयाँ पप गीत “भमरा” सार्वजनिक बजारमा आएको छ । उनले आफ्नै युट्युब च्यानलमार्फत यो गीत बजारमा ल्याएकी हुन् ।
जस्तोसुकै गीत गाउन पनि अब्बल गायिका निर्मला थापा मगरको यो भन्दा अगाडिका एल्बमहरुले निकै चर्चा  कमाउन सफल भएका छन् । पधेरिमा पानी भर्न, यो मनले जस्ता लोक पप एल्बम तथा सोल्टी राजा, तम्घास बजार, भेट हुदा नामक लोक दोहोरी गीत सबैको मनमनमा बस्न सफल भएको छ ।
उनको स्वरमा रहेको गीतको शब्द तथा संगीत राज कुमार बगरको रहेको छ । यस्तै कमल सौरागको संगीत संयोजन रहेको छ । “भमरा”को म्यूजिक भिडियोमा भुवन मगर, आरुषी मगर र हेरुका लामाको अभिनय रहेको छ भने निर्माण नियन्त्रकमा दिलिप पन्त रहेका छन् ।
यसैगरी, सम्पादन तथा रंगमा पवन सिंखडा रहेका छन् भने कोरियोग्राफीमा मनोहर गोतामे रहेका छन् ।
भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् । भिडियोको दृश्य निर्माण मण्डली फिल्मस्को रहेको छ ।

प्रतिक्रिया