अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

‘माया घामको छायाँ’ गीतमा नायक शिव श्रेष्ठ र नायीका कमला दाहाल (भिडियो)

बिआरटीनेपाल २०७४ पुष १ गते ३:०० मा प्रकाशित

नायक शिव श्रेष्ठ अभिनित माया घामको छायाँ बोलको गीत सार्वजनिक भएको छ । डा. नबि अधिकारी टकिन्द्रको शब्द र शक्तिबल्लभको संगीतमा रहेको माया घामको छायाँ गायिका अन्जु पन्तको स्वरमा भिडियो सहित सार्वजनिक भएको हो ।

नायक शिव श्रेष्ठ र जर्मन निवासी नायीका कमला दाहालको अभिनय रहेको यस गीतको भिडियोलाईलाई बरिष्ठ नृत्य निर्देशक राजु शाहले निर्देशन गरेका हुन् ।

एभर ग्रिन वल्र्ड वाईड ईन्टरटेन्मेण्ट प्रालीकोे पोष्ट पोडक्सनमा निर्माण भएको भिडियोलाई दिव्यराज सुबेदीले खिचेका हुन् । जसमा धुलिखेलका बिभिन्न रमणिय स्थललाई कैद गरिएको छ ।

डा. मन्दिरा अधिकारी प्रस्तुत कर्ता रहेको यो गीत असाध्यै राम्रो बनेको कलाकार तथा यस गीतका ब्यवस्थापक गोपाल ढकाल छन्देले जानकारी दिए ।

प्रतिक्रिया