अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२ | Colorodo: 11:27

अस्मित लिम्बुको गीत ‘फूल बुट्टे’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ पुष १ गते २:३७ मा प्रकाशित

गायक अस्मित लिम्बुको गीत फूल बुट्टे भिडियो सहित सार्वजनिक भएको छ । । उनकै स्वर, शब्द, सङ्गीत र उनकै निर्देशनमा फूल बुट्टे दर्शक\स्रोतामाझ आएको हो ।

गीतको भिडियोमा सुमा लिम्बु, राजिब कपाली, शंकर सुनुवार, देवेन गुरुङ र चाङ लिम्बुको अभियन रहेको छ । पूर्वेली लोक पप यो गीतलाई युवराज खत्रीले छायाँकन र सम्पादन गरेका छन् ।

केही समय पहिला ‘असीमित’ एल्वम लिएर आएका अस्मितले त्यही एल्वम भित्र रहेको यो गीतको भिडियो स्रोतामाझ ल्याएका हुन् । ‘एल्वममा रहेका गीतलाई स्रोताले औधी मन पराइदिनु भयो र भिडियो बनाए’, अस्मितले भने ।

अनुराग सङ्गीत पाठशालामा अर्जुन पोखरेल र राम सिटौलासँग सङ्गीत सिकेर यो क्षेत्रमा होमिएका झापाका अस्मित भन्छन् सङ्गीत कार्ममै लाग्ने योजना छ । आश छ मेरा यो भन्दा पहिलाका श्रृजना जस्तै यसलाई पनि माया गरिदिनुहुनेछ ।

प्रतिक्रिया