अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 08:54

संगीतकार बसन्त सापकोटाको शब्द र स्वरमा ‘जाली रुमाल’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ मंसिर २८ गते ८:४७ मा प्रकाशित

संगीतकार बसन्त सापकोटाको संगीत, शब्द तथा स्वरमा रहेको नयाँ गीत ‘जाली रुमाल’को नयाँ गीत सार्वजनिक गरिएको छ । रिकेश गुरुङ किजको संगीत संयोजनमा तयार भएको गीतको भिडियो पनि निकै गज्जबको बनेको छ । के एण्ड के प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियो सार्वजनिक गर्दै संगीतकार सापकोटाले दर्शकको माया पाउने बिश्वास ब्यक्त गरेका छन् ।

राजधानीको रमणिय स्थानहरुमा छायांकन गरिएको भिडियोमा मोडल निराजन प्रधान र नायिका मरिस्का म्यारी पोखरेलको अभिनय रहेको छ । उत्सव दहालको सिनेम्याटोग्राफीमा तयार भएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । सुरेन बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया