अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

२०१७-‘मिस राजधानी शर्मिला ‘मिस्टर राजधानी बिमोस बाबु र ‘मिसेस राजधानी पुष्पा

बिआरटीनेपाल २०७४ मंसिर २८ गते ८:३१ मा प्रकाशित

‘मिस राजधानी २०१७ ’को उपाधि शर्मिला सापकोटाले जितेकी छन् । ९ प्रतियोगिलाई पछि पार्दै सापकोटाले उपाधि चुमेकी हुन् ।

एक्सपोज नेपालले आइतबार एकसाथ आयोजना गरेको तीन प्रतियोगिता ‘मिस राजधानी २०१७’ र ‘मिस्टर राजधानी २०१७’ र ‘मिसेस राजधानी २०१७’ मध्य मिस्टर राजधानी तर्फको उपाधि बिमोस बाबु श्रेष्ठ र मिसेस राजधानीको उपाधि पुष्पा निरौलाले हात पारे ।

१५ प्रतियोगिलाई पछि पार्दै श्रेष्ठ उपाधि बिजेता चुनिदा ९ प्रतिस्पर्धीलाई पछि पार्दै निरौलाले उपाधि आफ्नो पोल्टामा पारिन् । तीनै प्रतियोगिताका बिजेताले शीर्ष उपाधिका साथमा चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै विभिन्न उपहार समेत प्राप्त गरे ।

सुन्धारस्थित त्रिभुवन आर्मीअफिसर्स क्लबमा बुधबार अबेर साँझ सम्पन्न प्रतियोगितामा ‘मिस राजधानी’ तर्फ एलिसा शाही ठकुरी फष्ट रनर अप र सरिता नेगी सेकेन्ड रनर अप घोषित हुँदा ‘मिस्टर राजधानी’ तर्फ भने प्रमोद केसी र भेषराज खत्री क्रमश फष्ट रनर अप र सेकेन्ड रनर अफ चुनिए । बिबाहित महिला सहभागी ‘मिसेस राजधानी’ तर्फको फष्ट रनर अफ र सेकेन्ड रनर अपको उपाधि क्रमस अनिता थापा बिष्ट र रेसा श्रेष्ठले उचाले ।

प्रतियोगितामा मोष्टट्यालेन्ट प्रमोद केसी, शर्मिला सापकोटा, अनिता थापा बिष्ट, बेष्ट फिजिक निशान्त श्रेष्ठ, बेष्ट फिगर रिया गुरुङ, अनु शर्मा, भियुरच्वाइस् सोनाम शेर्पा, ज्योती तामाङ, पुष्पा निरौला, मल्टीमिडिया आले बेगिङ राई, प्रियंका लामा, अनिता थापा बिष्ट, म्यानेजमेन्ट च्वाइस भेषराज खत्री, ज्योती तामाङ, अनिता थापा बिष्ट, बेष्ट पर्सनालिटी विवेक सिंह, रेसा श्रेष्ठ, सिमरन न्यौपाने, मोष्टफोटो जेनिक निस्चल पोखरेल, सोनी भुजेल, सजनी महर्जन, मेक ओभर रमेश गिरी, शान्ता कटुवाल, एन्जल राइ, बेष्टवाक प्रिन्च क्षत्री, एलिसा शाही ठकुरी, बिमोस बाबु श्रेष्ठ, बेष्ट पफमेन्स अलुफ लिम्बु, सरिता नेगी, रेसा श्रेष्ठ, कमला गुरुङ घोषित भए ।

युवा युवती तथा विवाहित महिलाहरुको प्रतिभा निर्खादै उनीहरुलाई सुनौलो भविस्या निर्माण अग्रसर गराउने उदेश्य रहेका प्रतियोगीताको रहेको एक्सपोज नेपालकी म्यानेजिङ डाइरेक्टर अर्चना थापाले जानकारी दिइन् ।

अन्तिम प्रतिस्पर्धामा दिक्पाल कार्की (अभिनेता तथा अन्तराष्ट्रिय मोडल), मनिस दाहाल (चियर पर्सन नेपाल टेलिभिजन), अक्षयजंग रायमाझी (मिष्टर नेपाल २०१७), महिमा सिल्वाल (अभिनेत्री), दिपाशिखा खड्का (अभिनेत्री) लगायत निर्णायक रहेका थिए । चाँदनी लामिछानेको कोरियोग्राफी रहेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजन कुमार केसी मुख्य अतिथी का रुपमा सहभागी थिए । सांगीतिक तामझामका साथ सम्पन्न प्रतियोगितामा अभिनेता कृष्ण मल्ल, गजित बिष्ट लगायत बिभिन्न क्षेत्रका बरिष्ठ ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया