अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

नेपाल हस्तकला महासङ्घको ४५ औँ वार्षिकोत्सव कार्यक्रम एवं छैटौ हस्तकला दिवस सम्पन्न

बिआरटीनेपाल २०७४ मंसिर २८ गते ८:१० मा प्रकाशित

महासङ्घ स्थापना संस्मरणमा २०७४ मङ्सिर २८ गते ४५ औँ वार्षिकोत्सव तथा छैंटौ हस्तकला दिवस मनाईयो । सो कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव श्री महेश्वर न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। त्यसै गरी कार्यक्रममा विशिष्ट अतिथिको रूपमा व्यापार तथा निकासी प्रबर्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक श्री तेजसिंह विष्ट रहनु भएको थियो । कार्यक्रममा महासङ्घका पदाधिकारीहरू तथा कार्यसमिति सदस्यहरू, पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, उपत्यकाभित्रका सदस्य सङ्घका अध्यक्षहरु एवं प्रतिनिधिहरू, कार्यसमिति थता परिषद्द्वारा गठित विभिन्न समिति तथा उपसमितिका सदस्यहरू लगायत विभिन्न व्यापारिक सङ्घ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि श्री महेश्वर न्यौपानेबाट पानसमा दीप प्रज्वल गरी ४५ औँ वार्षिक उत्सव तथा छैठौं हस्तकला दिवसको समुद्घाटन भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदैं महासङ्घका अध्यक्ष श्री धर्मराज शाक्यले हस्तकलाको स्थानीय तथा निकासी व्यापारलाई प्रबर्धन गर्न महासङ्घले आफ्नो ध्यान केन्द्रित गरेको बताउनु भयो । त्यसै गरी यही मङ्सिर १ गते देखि ५ गते सम्म काठमाडौँमा महासङ्घद्वारा सम्पन्न गरेको १५ औँ हस्तकला व्यापार मेला तथा १३ औँ हस्तकला प्रतियोगिताको पनि चर्चा गनुृ भयो । भविष्यमा पनि नेपाल सरकारको सहकार्यमा यस्ता प्रबर्धनात्मक कार्य गर्दे जाने विश्वास उहाँले व्यक्त गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि श्री महेश्वर न्यौपानेज्यूले नेपालका बहुमुल्य आमूर्त संस्कृति तथा कौशलपूर्ण हातबाट सिर्जित कलात्मक वस्तुहरू बिस्तारै लोप हुदैं गएको तथ्यलाई औल्याउदै हस्तकला महासङ्घले हाम्रो संस्कृतिको परिचयको रूपमा रहेको हस्तकलाको जगेर्ना, प्रबर्धन तथा विकासमा पु¥याइरहेको योगदानको पनि प्रशंसा गर्नु भयो।

कार्यक्रमका विशिष्ट अतिथि व्यापार तथा निकासी प्रबर्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक श्री तेज सिंह विष्टले हस्तकलाको ४५ औँ वार्षिक उत्सव तथा छैठौं हस्तकला दिवस मनाएकोमा शुभकामना व्यक्त गर्दै वाणिज्य मन्त्रालयले हस्तकला व्यापार तथा निकसि प्रबर्धनका लागि खेलेको महत्त्वपूर्ण भूमिकाको बारेमा चर्चा गर्नु भयो । त्यसै गरी उहाँले व्यापार तथा निकासी प्रबर्धन केन्द्रले हालै दक्ष जनशक्तिको विकास तथा कार्पेट र हस्तकला सामाग्रीको निकासीमा आफ्नो ध्यान केन्द्रित गरिरहेको कुरा पनि सो अवसरमा जानकारी गराउनु भयो।

त्यसै गरी, महासङ्घको ४५ औँ वार्षिक उत्सवको पावन उपलक्ष्यमा कला तथा शिल्प परिषद्को संयोजनमा हस्तकला प्रदर्शनी पनि आयोजना गरिएको थियो। सो हस्तकला प्रदर्शनीमा २० जना कलाकारहरूले आ–आफ्नो हस्तकला सामाग्रीहरूको प्रदर्शनी गरेका थिए ।

अन्तमा कार्यक्रममा उपस्थित सबैलाई महासङ्घका उपाध्यक्ष श्री किरण कुमार डंगोलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

हस्तकला क्षेत्रबाट वार्षिक १० अरबको हाराहारीमा निकासी व्यापार र सोही अनुपातमा आन्तरिक बिक्री गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याई रहेको छ । यस क्षेत्रमा झन्डै ११ लाख व्यक्तिहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू