अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

बलिउड नायिका अनुष्का शर्मा र क्रिकेट कप्तान विराट कोहली विवाह बन्धनमा

बिआरटीनेपाल २०७४ मंसिर २५ गते २२:४७ मा प्रकाशित

इटाली, ११ डिसेम्बर

 

वलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली विवाह बन्धनमा बाँधिएका छन् । सोमबार इटालीको टस्कनीमा आयोजित एक विवाह समारोहका दुवैले विवाह गरेका हुन् ।

सोमबार राती ट्वीट गर्दै दुवैले विवाहको पुष्टि गरेका हुन् ।ट्वीटमा विराट–अनुष्काले लेखेकी छन्, ‘आज हामीले एक अर्कालाई वाचा गर्यौँ कि अब हामी जीवनभर मायाको बन्धनमा बाँधिने छौँ ।

विवाह समारोहमा सचिन तेन्दुल्कार, शाहरुख खानसहित ५० जनालाई मात्र निमन्त्रणा गरिएको थियो ।गत सात डिसेम्बरमा अनुष्का–विराट आफ्नो परिवारसँग इटाली पुगेका थिए ।श्रीलंकाविरुद्धको एकदिवसीय श्रृंखलामा कोहलीले आराम लिएपछि उनको विवाहको चर्चा शुरु भएको थियो ।

अब विवाहित जोडीले २१ डिसेम्बरमा विवाहको पहिलो वेडिङ रिसेप्सन आयोजना गर्नेछन् । यहाँ दुवैका परिवारलाई निमन्त्रणा गरिनेछ ।त्यसपछि २६ डिसेम्बरमा दोस्रो रिसेप्सनमा क्रिकेट र वलिउडका हस्तीहरु निमन्त्रणा गरिनेछ ।

 

मुम्बईमा हुने रिसेप्सनमा सचिन, युवराज सिंह, हरभजन सिंह, रोहित शर्मा, महेन्द्र सिंह धोनी शामिल हुनेछन् भने वलिउडमा आदित्य चोपडा, रानी मुखर्जी, अमिताभ वच्चन, शाहरुख खान, आमिर खान, सलमान खान लगायत समेल हुनेछन् ।

विवाहको जानकारी दिने बित्तकै दुवैको ट्वीट ट्रेन्डिङ बनेको थियो । मात्र ३ घण्टामा विराटको ट्वीट ३ घण्टामा २.१५ लाख पटक लाइक भएको थियो । अनुष्काको ट्वीट १.५ लाख पटक लाइक भएको थियो ।

प्रतिक्रिया