अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

अधिकारकर्मीको हत्याको स्मरणमा दीप प्रज्वलन

बिआरटीनेपाल २०७४ मंसिर २० गते ११:०२ मा प्रकाशित

महिला अधिकारको पक्षमा क्रियाशील १४ महिला विद्यार्थीलाई क्यानडामा हत्या गरिएको सम्झनामा आज साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।

सन् १९८९ मा आजकै दिन क्यानडाको मन्ट्रेलियलमा उनीहरूलाई गोली हानेर हत्या गरिएको थियो ।

महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालले १० वर्षदेखि आजको दिनलाई महिला सहिद दिवसका रूपमा मनाउँदै आएको छ ।

सो अवसरमा विभिन्न कविले महिला सशक्तीकरणसम्बन्धी कविता वाचन गरेका थिए । कविता वाचन गर्नेमा अनुपमा रोशी, प्रनिका कोयु, हरिमाया भेटवाल, ज्योति जङ्गल, विमला तुम्खेवा, सुनिता खनाल, लक्ष्मी माली, रेणु अधिकारी, लक्ष्मी रुम्बालगायत कवि हुनुहुन्थ्यो ।

सञ्जालका संयोजक डा रेणु अधिकारीले संविधानमा महिला अधिकारलाई सुनिश्चित गरिएको भए पनि नियम तथा केही प्रावधान निर्माण हुन नसकेका कारण राज्यको नीति निर्माण तहमा उनीहरूलाई पु¥याउन नसकिएकामा चिन्ता व्यक्त गर्नुभयो । (रासस) फोटो साभार: “एक्लो म” ट्विटरबाट (फायल फोटो )

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू