अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 07:55

‘सायद २’ का नायक सुशील श्रेष्ठ ‘लभ डायरिज’मा फरक लुक्समा देखिदैं

बिआरटीनेपाल २०७४ मंसिर २० गते ५:३२ मा प्रकाशित

चलचित्र ‘सायद २’ का नायक सुशील श्रेष्ठ  अब छिट्टैनै नयाँ चलचित्रमा देखिने भएका छन् । सुशिलको मुख्य भुमिकामा चलचित्र‘लभ डायरिज’ निर्माण हुने भएको छ। सौरभ चौधरीले निर्देशन गर्न लागेको  ‘लभ डायरिज’मा सुशिल लभ व्वाईको रुपमा देखिने छन्। साथै चलचित्रमा रुविना थापा, विश्वजित रिमाल, विष्णु सापकोटाको मुख्य भूमिका रहनेछ ।

यो चलचित्रका लागि नायक श्रेष्ठले कपाल समेत पालेका छन् । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण हुने‘लभ डायरिज’मा  विनोद सापकोटाको निर्माण र बीबी ढकालको सह-निर्माण रहने छ ।

प्रतिक्रिया