अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

लोक दोहोरी गायिका सरु थापा मलेसिया सम्मानित

बिआरटीनेपाल २०७४ मंसिर १९ गते ४:३२ मा प्रकाशित

मलेसियामा चारबर्ष देखी जुनकिरी रोधी क्लब सञ्चालन गर्दै आएकी लोक तथा दोहोरी गायिका सरु थापा सम्मानित भएकी छिन् ।  मलेसियाको क्वालालम्पुरमा रहेको गाउँबेशी दोहोरी साँझले उनलाई यहि २ डिसेम्बरमा सम्मान गरेको हो ।

उक्त गाउँबेशी दोहोरी साँझमा ३२ देशका गायक तथा गायिकाहरुको गायन प्रस्तुती बिषयक कार्यक्रम थियो । त्यसै अनुरुप नेपालको प्रतिनिधित्व गर्दै गायिका सरुले गीत गाएकी थिइन् । प्रवासमा रहेर पनि नेपाली गीतसंगीतलाई उत्तिकै माया गर्ने गायिका सरु गायिका सँगै सफल ब्यवशायीको रुपमा पनि चिनिएकी छिन् ।

प्रतिक्रिया