अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 21:01

सार्क फिल्म फेस्टिभलमा नेपालले ३ अवार्ड जित्यो

बिआरटीनेपाल २०७४ मंसिर १४ गते २३:०२ मा प्रकाशित

सार्क फिल्म फेस्टिभलमा- २०१७’ मा तिन नेपाली फिल्मले अवार्ड जित्न सफल भएका छन् । सार्वजनिक गरिएको चौध विधाका विजेताहरुको नाममा ‘डाईङ्ग क्यान्डल’ र ‘कालो पोथी’ले तिन अवार्ड हात पारेका हुन् ।

भुपेन्द्र अधिकारीले फिल्म ‘डाईङ्ग क्यान्डल’का लागी उत्कृष्ट सम्पादकको अवार्ड जितेका हुन् भने उत्कृष्ट पार्श्व संगीतमा फिल्म ‘कालो पोथी’बाट जेसन कुँवरले र फिल्म ‘कालो पोथी’ले नै उत्कृष्ट फिल्म ओपनको अवार्ड हात पारेको हो । 

त्यस्तै ‘बेस्ट फिचर फिल्म’, ‘बेस्ट एक्टर’, ‘बेस्ट डाईरेक्टर’ र ‘जुरी-मेन्सन’ अवार्डमा श्रीलंकाले कब्जा जमायो । १४ विधा सम्हिलित समारोहमा भारतले ‘स्पेसल जुरी अवार्ड’, ‘बेस्ट साउण्ड डिजाईनर’, र ‘छायाँकन विधामा जुरी’ अवार्ड सहित ३ विधा आफ्नो पक्षमा पार्यो ।

अफगानिस्तानले ‘बेस्ट सिनेम्याटोग्राफी’ र ‘बेस्ट सर्ट फिल्म’को अवार्ड जित्दा बंगलादेशले ‘बेस्ट स्क्रिनप्ले’ र माल्दिभ्सले ‘बेस्ट एक्ट्रेस’को अवार्ड जिते ।  ८ देश सहभागी सार्क फिल्म फेस्टिभलमा भुटान र पाकिस्तान अवार्ड कुनै पनि अवार्ड प्राप्त गर्न सकेनन् ।

 

 

अवार्ड विजेता राष्ट्रहरु:

 

  • स्पेसल जुरी अवार्ड: पिंकी ब्युटीपार्लर (भारत)

 

  • स्पेसल जुरी अवार्ड- स्पेसल मेन्सनफ्रंगीपानी (श्रीलंका)

 

  • बेस्ट साउण्ड डिजाईनर: रक्षित थान्त्री-पिंकी ब्युटीपार्लर (भारत)

 

  • बेस्ट एडिटर: भुपेन्द्र अधिकारी- डाईङ क्यान्डल (नेपाल)

 

  • बेस्ट सिनेम्याटोग्राफी: अहमद जिया अरष- द बर्ड वाज नट अ बर्ड (अफगानिस्तान)

 

  • स्पेसल जुरी मेन्सन सिनेम्याटोग्राफिक: स्वप्निल सोनावाने- ताण्डव (भारत)

 

  • बेस्ट स्क्रिनप्ले: तकक्युइर अहमद- ओग्गाटोनामा (बंगलादेश)

 

  • बेस्ट ओर्जिनल स्कोर: जसोन कुँवर- कालो पोथी (नेपाल)

 

  • बेस्ट एक्ट्रेस: ऐशाथ रिष्मी- विश्का (माल्दिभ्स)

 

  • बेस्ट एक्टर: दसुना पथियालाना, जेथन अप्पुहामि र भूमि हरेंद्रण- फ्रंगीपानी (श्रीलंका)

 

  • बेस्ट सर्ट फिल्म: द वाटर (अफगानिस्तान)

 

  • बेस्ट डिरेक्टर: अशोका हन्दगामा- लेट हेर क्राइ (श्रीलंका)

 

  • बेस्ट फिल्म ओपन: कालो पोथी (नेपाल)

 

  • बेस्ट फिचर फिल्म: लेट हर क्राइ (श्रीलंका)
प्रतिक्रिया