अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४५ | Colorodo: 06:00

कडा सुरक्षाबीच पनि कश्मिरमा दोहोरो गोली हानाहान

बिआरटीनेपाल २०७४ मंसिर १४ गते ५:४३ मा प्रकाशित

भारत नियन्त्रित कश्मिरमा बिहीबार कडा सुरक्षाका बीच पनि दोहोरो गोली हानाहान भएको समाचारमा जनाइएको छ ।  लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था गएको हप्तादिन भन्दा लामो समयदेखि कडा बनाइएको थियो ।

तर बिहीबार बिहानै देखि बडगाम जिल्लाको फाल्तिपुरामा यहाँका सशस्त्र लडाकू र सीमा सुरक्षा बलबीच दोहोरो गोली हानाहान सुरु भएको बताइएको छ ।

सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित कश्मिरमा आतङ्ककारीले थप हिंसा मच्चाउन सक्ने अनुमानमा हप्तादिन अघिदेखि प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या यहाँ खटाइएको थियो ।

गत हप्तामात्र पनि सोही क्षेत्रमा नै सुरक्षाकर्मीको गोली लागेर उनीहरु मारिएका थिए । अर्ध सैन्यबल र ती आतङ्ककारीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारले जानकारी दिएका छन् ।

भारतीय प्रहरी कश्मिरका प्रवक्ताले जानकारी दिएअनुसार उक्त क्षेत्रमा निकै लामो समयदेखि उक्त आतङ्ककारी समूहमा आवद्ध लडाकूहरुको क्रियाकलाप बढिरहेको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू