अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

बालीमा ज्वालामुखीको अझै खतरा

बिआरटीनेपाल २०७४ मंसिर १२ गते ७:१५ मा प्रकाशित

इण्डोनेसियाको बाली द्वीपमा अझै पनि ज्वालामुखी विस्फोट हुने खतरा नटरेको इन्डोनसियाली अधिकारीहरूले जनाएका छन् ।

उनीहरूले बालीमा यसको खतरा अझै पनि कायमै रहेको चेतावनी दिएका कारण बालीस्थित एकमात्र विमानस्थल मङ्गलवार पनि खुलेको छैन ।

केही समययतादेखि सो क्षेत्रमा ज्वालामुखीको खतराको बारेमा भविष्यवाणी गरिएको थियो । त्यसैले मङ्गलवार दोस्रो दिन पनि सो विमानस्थल बन्द राखेका बताइएको छ ।

यसअघि इन्डोनेसियाको सरकारले यसको वरिपरि बस्ने करिब एक लाख मानिसलाई सुरक्षित रूपमा अन्यत्र सर्न आग्रह पनि गरिरहेको छ । तर बालीको पनि पहाडी क्षेत्रका मानिसहरू सरिसकेका भने छैनन् ।

बाली द्वीपको माउण्ट आगुङ्गनामक एक पहाडबाट केही दिनयतादेखि कालो ग्यास र धुवाँ निस्किरहेको देखिएको छ । यसैकारण भूगर्भविद्हरुले ज्वालामुखीको खतराको भविष्यवाणी गरेका छन् ।

अधिकारीहरूले यसरी धुवाँ र खरानी निस्किनु भनेको छिट्टै नै ठुलो मात्रामा विस्फोट हुन सक्ने अनुमान गरिएको जनाएका छन् । सो क्षेत्रमा बस्ने नागरिकलाई सरकारले मास्क वितरण गरिरहेको छ ।

सरकारले सर्वसाधारण नागरिकहरुलाई नआत्तिन र शान्त रहन भनेको छ । साथै उनीहरूलाई सकेसम्म आफ्नो सुरक्षित स्थान खोजेर सर्न र सतर्क रहन पनि भनिएको समाचारमा उल्लेख छ ।

ज्वालामुखीको खरानी निकै ठुलो मात्रामा निस्किएको छ । यसका कारण बालीमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पनि हुन सकिरहेको छैन ।

खरानीका कारण मानवीय समस्या त छँदैछ, यसले जहाजको इञ्जिनमा समेत क्षति पु¥याउने बताइन्छ । त्यसैले आज दोस्रो दिन पनि उक्त विमानस्थलबाट उडान रोकिएको हो । (रासस/सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू