अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

बेलायती राजकुमार ह्यारीको विवाह सुनिश्चित

बिआरटीनेपाल २०७४ मंसिर ११ गते १९:५८ मा प्रकाशित

बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने सुनिश्चित भएको छ ।अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहनुभएको थियो । राजकुमार ह्यारीले मार्कलसँग मंगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गर्नुभएको छ ।

प्रेमी जोडीको रूपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो । एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको बताउनुभएको छ ।

उहाँहरूले आगामी केही महिनापछि विवाह गर्नुहुने भएको छ भने विवाहपछि केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्नुहुने भएको छ । बेलायती राजपरिवारका सदस्यहरू मध्येबाट पाँचौ पालोमा राजगद्दी सम्हाल्नुहुने छ ।(रासस÷एएफपी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू