अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१४ | Colorodo: 13:29

नायिका ऋचा शर्मा र ‘छक्का पन्जा २’का नायिकाहरुको झगडा चर्चामा

बिआरटीनेपाल २०७४ मंसिर ११ गते ३:५० मा प्रकाशित

फिल्म ‘छक्का पन्जा २’को विवाद अझै नसकिने भएको छ । फिल्मको गीत रिलिज भएदेखि नै सुरु भएको विवाद र आलोचना फिल्मले ५१ दिन मनाइसक्दा पनि नसकिने देखिएको छ ।

अब, अभिनेत्री ऋचा शर्मा यो विवादको भूमरिमा आइपुगेकी छिन् । उनले एक गोष्ठीमा बोल्दै छक्का पन्जा हेर्ने दर्शक मुर्ख भएको बताएकी छिन् । आफ्नो फिल्म ‘आधा लभ’ हलमा एक साता पनि नटिकेको र तर छक्का पन्जा जस्तो फिल्मले ब्लकबष्टर भएको भन्दै उनले दर्शक एकहोरो भएको समेत आरोप लगाएकी छिन् ।

‘छक्का पन्जा’ हेर्ने दर्शक मुर्ख भएको बताएपछि यसकी निर्देशक दीपाश्री निरौलाले उनलाई ‘गेट वेल सुन’ भन्दै स्टाटस लेखिन् । सोही स्टाटस फिल्मका कलाकार दीपकराज गिरी, अभिनेत्री प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्काले पनि लेखेका छन् ।

अभिनेत्री शर्माले आधा भन्दा बढी समय अंग्रेजीमा बोल्दै महिला निर्देशकको फिल्ममा महिलाले नै चड्कन खाएको भन्दै आफूलाई दर्शकले ताली बजाउँदा रिस उठेको समेत उल्लेख गरेकी छिन् । ऋचाको यो अभिव्यक्तिको सर्वत्र आलोचना भैरहेको छ । यसरी उनलाई अन्य नायिक तथा नायिकाहरुले ‘गेट वेल सुन’ भनिरहँदा उनको दिमाग बिग्रिएर त्यस्तो बोलेको भन्न खोजेका त होइनन् ? अब नायिका ऋचाकै को उत्तर कुर्नु पर्ने देखिएको छ ।

प्रतिक्रिया