अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 04:27

मोनालीसा पराजुलीको ईंग्लिश गीत ‘ओ माई लर्ड’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ मंसिर १० गते २१:३५ मा प्रकाशित

गायिका मोनालीसा पराजुलीको दोस्रो ईंग्लिश गीत ओ माई लर्ड भिडियो सहित सार्वजनिक भएको छ । पोजेटिव लभ स्टोरीमा आधारित यो गीत गायिका पराजुलीकै शब्द, संगीत, निर्देशन र अभिनयमा भर्खरै सार्वजनिक भएको हो ।

मिसन इन्टरटेनमेन्ट प्रा. ली.ले निर्माण गरेको गीतको भिडियोको शुटिङ र प्रोडक्सनको जिम्मेवारी पनि मिसन इन्टरटेनमेन्ट टीमले नै लिएको छ ।

नेपालमा रहेर ईंग्लिश गीत गर्ने थोरै गायक गायीका मध्यकी एक मोनालीसा अभिनित यस भिडियोमा उनको अभिनय पनि प्रंसशा योग्य रहेको छ । यस अघि पनि उनको ईंग्लिश गीतले राम्रो प्रतिकृया बटुलेको थियो । राजन लामाले खिचेको ‘ओ माई लर्ड’को भिडियोलाई नविन भट्टले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया