अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

‘इन्टरनेशनल पप स्टार’ राजेशपायल राईलाई सरकारले बेवास्ता गरेको भन्दै ‘मिलाप’को सम्मान

बिआरटीनेपाल २०७४ मंसिर १० गते १०:५१ मा प्रकाशित

नेपाली संगितका अध्याधिक लोकप्रिय गायक राजेश पायल राईलाई मिलाप म्यागजिनले सम्मान गरेको छ । गायक राई केहि साता अघिमात्र अमेरिकाले ‘इन्टरनेशनल पप स्टार’को उपाधि द्वारा सम्मानित भएपछि पनि सरकारले यस्तो गौरवको बिषयलाई बेवास्ता गरेपछि मिलाप म्यागजिनले उनको खुविको कदर स्वरुप आज सम्मान गरेको हो ।

राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा आयोजित सम्मान कार्यक्रमबारे बोल्दै  मिलाप म्यागजिनका प्रधान सम्पादक कृष्ण भुषालले एउटा नेपाली कलाकार, जसले अन्तराष्ट्रिय सम्मान र उपाधि पाएर पनि राज्यले वास्ता नगरेपछि पत्रकारहरुको तर्फबाट सम्मान गरिएको बताए ।

सम्मान समारोहमा इतिहासविद् तथा प्राडा सुरेन्द्र केसी, पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष शान्ताराम विडारी, पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, निर्वतमान अध्यक्ष अध्यक्ष शान्तिप्रिय, अन्तराष्ट्रिय साहित्य समाजका बरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नायिका सारिका घिमिरे मिलाप म्यागजिन तथा मिलाप न्युज डटकमकी कार्यकारी सम्पादक गीता अधिकारी, पत्रकार सानुकाजी श्रेष्ठ, एमपी सुब्बा, गीतकार राम रेप्चुङ राई, लगायतले गायक राइलाई बधाई र शुभकामना दिएका थिए ।

नेपाली गायनमा ‘राई इज किङ’ हुँदै ‘मेगास्टार’को रुपमा ख्याती कमाइसकेका गायक राईलाई केहि साता अघिमात्र अमेरिकाले रोचेस्टर सिटी सम्मानले ‘अन्तराष्ट्रिय पप गायक’ को उपाधि प्रदान गर्दै उनको सम्मानमा प्रत्यक बर्षको नोभेम्बर ५ का दिन राजेश पायल राई ‘राई इज किङ’ को नाममा फेस्टिवल मनाउने घोषणा समेत गरेको छ ।

 

 

प्रतिक्रिया