अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

फेसन डिजाइनर मनिषा डंगोलको ‘हाउस अफ डिजाइन’ अब नेपालमा पनि   

बिआरटीनेपाल २०७४ मंसिर १० गते ०:४२ मा प्रकाशित

बिगत ६ बर्षदेखी बेलायतको लण्डनस्थित हायस र साउथ ह्यारो गरी २ ठाउँमा लण्डन फेसन हाउस सञ्चालन गर्दै आएकी फेसन डिजाइनर मनिषा डंगोल  श्रेष्ठले काठमाडौंको खुसीबुस्थित लिंक रोडमा लण्डन फेसन हाउसकै ‘हाउस अफ डिजाइन’ शुरु गरेकी छिन् ।

गैर नेपाली आवासिय संस्था (एनआरएनए) का अध्यक्ष भवन भट्टले शो ‘हाउस आफ डिजाइन’को उद्घाटन गर्दै कार्यक्रममा भने – ‘बिदेशमा करिब ४० लाख नेपाली रहेका छन् र उनीहरुलाई हामीले नेपाली उत्पादनको प्रयोगमा प्रोत्साहित गरिरहेका छौं । लण्डनमा लण्डन फेसन हाउस सञ्चालन गरेसँगै नेपालमा पनि ‘हाउस आफ डिजाइन’ शुरु गरेकी मनिषाको उत्पादन चाडै विश्वका अन्य देशमा पनि पुग्ने विश्वास हामीले लिएका छौं ।’ यसरी ‘हाउस आफ डिजाइन’ स्थापन गरेर बिभिन्न फेसन डिजाइनरलाई रोजगार दिनु सहारनीय कार्य भएको अध्यक्ष भट्टले बताए ।

अभिनेता तथा कोरियाग्राफर÷मोडल प्रशान्त ताम्राकारले मनिषा एक दशकदेखी फेसन डिजाइनमा लागेको र उनले यहाँका डिजाइन र डजाइनरलाई प्रर्बद्धन गर्न यो ‘हाउस आफ डिजाइन’ स्थापना गरेको बताए । एनआरएनए कि महिला संयोजक रजनी प्रधानले पनि एनआरएनए महिलाहरुले देशबिदेमा आफ्नो ब्यवसाय मार्फत रोजगार सिर्जना गरेको जानकारी गराउँदै फेसन डिजाइनर मनिषा डंगोलले नेपाली फेसनलाई युरोपसँगै बिश्वबजार पु¥याउने विश्वास ब्यस्त गरिन् ।

यस्तै लण्डन फेसन हाउस अफ डिजाइनकी निर्देशक मनिषाले बुटिक सञ्चालन गर्न नसकेका डिजाइनरलाई लक्षित गरेर डिजाइन हाउस शुरु गरेको बताइन् । हाल त्यहाँ एक दर्जन डिजाइनरले नेपाली र अन्तर्राष्ट्रिय बजारलाई फेसन डिजाइन गर्दै आएको जनाउँदै उनले अरु डिजाइनरका लागी पनि यो ठाउँ उपयोग हुने बताइन् ।

उद्घाटन पछि बिभिन्न मोडलहरुले ‘हाउस आफ डिजाइन’का नयाँ फेसनको फेसन शो गरेका थिए ।

प्रतिक्रिया