अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

‘झ्यानाकुटी’ फोटो कन्टेस्ट विनरलाई नगद ५१ हजार हस्तान्तरण

बिआरटीनेपाल २०७४ मंसिर ९ गते ४:४७ मा प्रकाशित

दोस्रो सातामा प्रदर्शन भईरहेको फिल्म ’झ्यानाकुटी’ ले अगाडी ल्याएको फोटो कन्टेस्टको विनरलाई नगद रु ५१ हजार हस्तान्तरण गरेको छ । ट्रेलर रिलिज गर्दा घोषणा गरिएको ’झ्यानाकुटी फोटो कन्टेस्ट’ ले सेलिब्रेटीको माझमा पनि चर्चा पाएको थियो ।  प्रिती चाउचाउसंगको सहकार्यमा ल्याइएको यस कन्टेस्टमा क्रिष्टिना अधिकारी र सजन ढकाल विनर भएका छन् । राजधानीमा शुक्रबार देखि नै संचालनमा ल्याइएको केकेएफसीमा झ्यानाकुटी टीमले विनर घोषणा गरेको हो ।

नोभेम्बर ४ मा क्रिष्टिनाले फेसबुकमा सजनलाई बोकेको तस्वीर पोष्ट गरेकी थिइन् । उनको तस्वीरमा बाह्र सय भन्दा बढी लाइक प्राप्त भएको थियो भने ’झ्यानाकुटी फोटो कन्टेस्ट’ का लागि राखिएको सम्पूर्ण शर्त पुरा भएको निर्माण टीमले जनाएको छ । समारोहमा फिल्मका नायक सौगात मल्ल , नायिका बेनिशा हमाल , निर्देशक सिमोश सुनुवार र लेखक प्रदीप भारद्वाजसंगै केकेएफसी संचालक चन्दन शाहले चेक हस्तान्तर गरेका थिए ।

क्रिष्टिना अधिकारी –हामीले निशाजीको फेसबुक मार्फत यसको जानकारी पाएका थियौ । त्यसपछी क्लिक गर्ने आइडिया आयो , त्यसपछी श्रीमानलाई मनाएर क्लिक गरेको हु । सुरुमा कस्तो कस्तो लागेको थियो तर फेसबुकमा अपलोड गरिसकेपछी आएको कमेन्टसले पनि खुसि नै बनायो । पछी आफ्नै तस्वीरले पुरष्कार जितेको थाहा पाउदा अत्यन्तै खुशी लागेको छ ।

सिमोश सुनुवार – हामीले यस कन्टेस्टलाई अगाडी ल्याउनुकै कारण बोक्ने र बोकिने दुवैका मुहारमा मुस्कान हुन्छ भनेर हो । फोटोमा दुवैको मुहारमा मुस्कान छ । हाम्रो यो कन्टेस्टमा सहभागी हुनु भएका सम्पूर्णलाइ धन्यवाद साथै क्रिष्टिना र सजनजीलाई बधाई पनि । हामीले धम्पुसको एक दम्पतिको कथा पस्केका थियौ , जसलाई दर्शकले रुचाउनु भएको छ । प्राप्त प्रतिक्रियाले उत्साहित छौ भने हामीले पहिलो सातामा लगानीको हिसाबले सुरक्षित भइसकेका छौ ।

सौगात मल्ल – फिल्म हेरेको अधिकाँसले पोजेटिभ फिडब्याक दिनु भएको छ । खुसि लागेको छ , कलाकारको हिसाबले मैले जे गरेको छु , जे गर्नको लागि मेहनत गरेको थिए , त्यसलाई दर्शकले रुचाउनु भयो । पछिल्लो समय हलमा पुगेर प्रतिक्रिया पनि लिईरहेको छु । दर्शकले पर्दामा सौगात हैन बुद्धे देखियो भन्नु भएको छ , निकै खुसि लागेको छ ।

 

 

 

तस्वीर: विवेक बस्याल

 

प्रतिक्रिया