अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

देशु गोलेको ‘दिलको राजा’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ मंसिर ७ गते ०:०० मा प्रकाशित

बेलायतमा बसेर नेपाली गीतसंगीतमा सक्रिय रहेकी गायिका देशु गोलेले आफ्नो नयाँ गीत बजारमा ल्याएकी छन् । ‘यो दिलको राजा’ बोलको गीत म्यूजिक भिडियो ल्याएकी हुन्।

देशुकै शब्द रहेको गीतमा नेपाली ताराका विजेता गायक प्रताप लामाको संगीत छ । लोकप्रिय संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । लभ फ्लेभरमा रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय शिल्पा पोखरेल र रक्षा श्रेष्ठसँग अभिनेता गौरव पहारीको अभिनय छ । भिडियोमा त्रिकोणात्मक प्रेम देख्न सकिन्छ ।

ज्ञानेन्द्र शमाले खिचेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् । गीतको भिडियो निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन्।

देशुले यसअघि ल्याएको ‘सायद मलाई’ बोलको गीतलाई दर्शकले निकै रुचाएका थिए । ‘यो गीतलाई पनि रुचाइदिनुुहुन्छ भन्ने विश्वास छ,’ हाल काठमाडौंमा रहेकी उनले भनिन्, ‘म जहाँ रहेपनि मेरो मन सधैँ नेपाली नै हो त्यसैले नेपाली संगीतप्रति मेरो मोह कहिल्यै घट्नेछैन्, झन्झन् बढ्नेछ । ’

प्रतिक्रिया