अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

‘पाँचौ मिस लिम्बू’को उपाधि अविशा फुदोङ लिम्बूलाई

बिआरटीनेपाल २०७४ मंसिर ६ गते ७:०३ मा प्रकाशित

मिस लिम्बू–२०१७’को ताज अविशा फुदोङ लिम्बूले जितेकी छन् ।  राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा उनले १३ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

अविशालाई गत वर्षकी मिस लिम्बू सानु नेम्बाङले ताज पहिराए दिएकी थिइन् । ताजसँगै अविशाले नगद १ लाख प्राप्त गरिन् ।

याक्थुङ युथ एशोशिएसनद्वारा आयोजित प्रतियोगीतामा पूर्वकुलपति तथा बरिष्ठ कवि बैरागी काँइलाको प्रमुख आतिथि रहेको थिए । प्रतियोगीतामा तुमबाहाम्फे र सवनम साँवा लिम्बू क्रमश फस्ट रनरअप र सेकेन्ड रनरअप भए । उनीहरुले पनि क्रमश ताज सहित नगद ५० हजार र २५ हजार तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । ‘मिस लिम्बू’ को विशेष टाइटल उपाधि मानिएको ‘मिस युमा कल्चर’को उपाधिा भने मेनुका साउदेनले पाइन् । उनले पनि नगद ५० हजार समेत प्राप्त गरिन् ।

कला सुब्बाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको फाइनलका लागि प्रेम एक्तेन, पूर्वमिस नेपाल उषा खड्की, समाजसेवी पवित्रा लिम्बू, फेसन पत्रकार तथा मोडल जयन सुब्बा मानन्धर र पत्रकार कृष्ण भट्टराई निर्णायक रहेका थिए ।

कार्यक्रममा तेह्र्रथुमे ढाका बुटिकले तयार पारेको पहिरनमा एक दर्जन मोडल ¥याम्पमा प्रस्तुत भएका थिए भने उपस्थित दर्शकलाई गायक डम्बर नेपाली, गायिका जशोदा सुब्बा लगायतका कलाकारले मनोरञजन प्रदान गरेका थिए ।

प्रतिक्रिया