अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४
| Colorodo: 01:29
अन्तर्राष्ट्रिय बालदिवसका अवसरमा सोमबार चार सञ्चारकर्मीसहित तीन बालिका पुरस्कृत भएका छन् ।
जिल्ला बालकल्याण समितिद्वारा यहाँ आयोजित कार्यक्रममा बालबालिकाबारे समाचार लेख्ने नयाँपत्रिका दैनिकका गणेश लम्साल, उज्यालो नेटवर्कका सुमन तिम्सिना, मकालु टेलिभिजनकी बिनु तिम्सिना र नागरिक दैनिकका विनोद सुवेदी पुरस्कृत भएका हुन् ।
यस्तै बाल अधिकारबारे निबन्ध लेख्ने सुकुना माविकी समीक्षा कार्की, साजिलाल माविका सुस्मिता राई र जनता माविकी दीपा खत्रीले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरेकी छिन् ।
समितिकाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै बाल अधिकारलाई सुनिश्चत गराउन सबै लागिपर्नेमा जोड दिनुभयो । (रासस)