अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

गायिका सहिमा श्रेष्ठको ‘यो मौसम पनि’मा राजकुमार र सारिकाको अभिनय (भिडियो)

बिआरटीनेपाल २०७४ मंसिर ४ गते ६:५८ मा प्रकाशित

गायिका सहिमा श्रेष्ठको ‘यो मौसम पनि कति रमाइलो…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका सारिका घिमिरेको अभिनय रहेको छ ।  राजकुमार श्रेष्ठको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोमा पनि नायिका सारिकाको साथ राजकुमारले नै दिएका छन् ।

रविन्द्र बरालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् भने मिलन थापाको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

चलचित्र, म्युजिक भिडियो एवम् विज्ञापनहरुबाट धेरै दर्शकको मन मष्तिकमा राज गर्न सफल सारिका पछिल्लो समय गायिकाको रुपमा पनि स्रोता माझ आएकी छिन् । उनको पहिलो गीति एल्वम ‘मोहनी’ केही समय अघि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया