अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३२ | Colorodo: 03:47

लाइभ कन्सर्टका लागि बलिउड नायक सलमान खान नेपाल आउँदै

बिआरटीनेपाल २०७४ मंसिर १ गते २३:०६ मा प्रकाशित

चर्चित बलिउड नायक सलमान खान काठमाडौं आउने भएका छन् ।फागुन २६ गते शनिबार टुंंडिखेलमा हुने ‘दबंग द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टका उनि काठमाडौं आउने भएका हुन् ।

आयोजक कम्पनी ओडीसी इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सिमान्त गुरूङका अनुसार सलमान सहितका कलाकारलाई दिनुपर्ने पारश्रमिक भुक्तानीका लागि विहीबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिईएको छ ।

सलमान सहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत नेपाल आउने कार्यक्रम रहेको प्रवन्ध निर्देशक गुरूङले जानकारी दिएका छन् ।

सलमानको कन्सर्ट हुने स्थान, बस्ने होटल, शुरक्षा लगायतका विषयबारे बुझ्न केही सातापछि सलमानका भाइ कलाकार सोहिल खान काठमाडौं आउने जानकारी ओडीसी इन्टरटेनमेन्टले दिएको छ ।

स्मरण रहोस् ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम ओडीसी इन्टरटेनमेन्टले नै गरेको थियो गरेको थियो ।

 

 

प्रतिक्रिया