अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२४ | Colorodo: 08:39

‘नेपाल बिजनेश एक्सिलेन्स अवार्ड-२०१७’ सफलतापूर्वक सम्पन्न

बिआरटीनेपाल २०७४ कार्तिक २९ गते ६:२४ मा प्रकाशित

नेपाल बिजनेश एक्सिलेन्स अवार्ड-२०१७ सम्पन्न भएको छ ।  नवीन दृष्टिीकोण सहित नीतिगत बहस र सृजनात्मक गतिविधिमा समेत सक्रिय नेपाल उद्योग परिसंघले आयोजना गरेको ४ समुहमा बिभाजित अवार्ड ११ वटा कम्पनीलाई वितरण गरि नेपाल बिजनेश एक्सिलेन्स अवार्ड २०१७ सफलतापूर्वक मंगलबार राजधानिमा सम्पन्न भएको हो ।

अमेरिकामा प्रधान कार्यालय रहेको “फ्रस्ट एण्ड सुलेभान” नामक आर्थिक तथा व्यवसायिक क्षेत्रको संस्थासँग साझेदारीमा सम्पन्न उक्त अवार्ड समारोहको मन्त्री परिषद्का पूर्व अध्यक्ष पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले उद्घाटन गरेका थिए । आफ्नो उद्घाटन मन्तव्यमा रेग्मीले नेपालको संविधान, २०७२ को कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धिको मार्गमा लम्कने हुँदा यस प्रकारका सृजनशील कार्यक्रमले व्यसायिक वातावरणमा सुधार हुने अपेक्षा व्यक्त गरे ।

नेपाल उद्योग परिसंघ र फ्रस्ट एण्ड सुलेभानको औद्योगिक विशेषज्ञले प्रतिस्पर्धी कम्पनीहरुको विविध आयामबाट मूल्याङ्कन गरी प्रदान गरिएको सन् २०१७ को विजनेश एक्सिलेन्स अवार्ड प्रतिस्पर्धी कम्पनीको व्यवसायिक योजना, सोको कार्यान्वयन, सेवा प्रवाह, सेवाको गुणस्तर, उपभोक्ताको सन्तुष्टि, मुनाफाको स्तर, राजस्वमा पु¥याएको योगदान, संस्थागत सामाजिक उत्तरदायित्व, लागत न्यूनीकरण जस्ता विविध पक्षको सूक्ष्म विश्लेषण गरी विजयी कम्पनीलाई प्रदान गरिएको हो ।

११ वटा कम्पनीलाई वितरण गरिएको विजनेश एक्सिलेन्स अवार्ड, २०१७ लाई चार समूहः (क) उदयीमान व्यवसाय, (ख) मध्यमस्तरको व्यवसाय, (ग) ठूला व्यवसाय र (घ) मेगा व्यवसाय गरी विभाजन गरिएको मा सिप्रदी ट्रेडिङ्ग (प्रा.)लि. ले यस वर्षको पहिलो पुरस्कार सुपर प्लाटिनम अवार्ड प्राप्त गरेको छ भने दोस्रो स्थान प्राप्त गरी सुपर प्लाटिनम अवार्ड फस्र्ट रनरअप ग्रहण गर्न नेपाल एस बि आई बैँक लि. सफल भएको छ ।

त्यसैगरी मेगा बैँक लि र विजय डिस्ट्रिलरी (प्रा.)लि.ले गोल्ड अवार्ड पाएका छन् भने घोराही सिमेन्ट उद्योग प्रा.लि. र सि जी ब्रुअरी नेपाल प्रा.लि ले सिल्भर अवार्ड प्राप्त गर्न सफल भएका छन् । त्यसैगरी प्रतिस्पर्धामा सामेल भएका चन्द्रागिरी हिल्स लिमिटेड, अल्फाबिटा इन्स्टीच्युट (प्रा) लि., एन एम बि बैंक लि., टेलिटक (प्रा) लि, एवं एन आइ बिल क्यापिटल मार्केट्स लि. ले सम्मानपत्र पाएका छन् ।

समारोहको प्रारम्भमा आमन्त्रित अतिथिहरुको स्वागत गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले व्यवसायिक संस्थाहरुको आन्तरिक मूल्याङ्कन गरी विजनेश एक्सिलेन्स अवार्ड वितरण गर्ने नयाँ अभ्यासले प्रतिस्पर्धी उद्योगको गुणस्तर सुधार र बजार विस्तारमा सहयोग पुग्नुका साथै मुलुकमा लगानीमैत्री वातावरण बन्दै छ भन्ने सन्देश फैलने धारणा राखेको थिए भने यसै कार्यक्रममा लागि अमेरिकाबाट आएका फ्रस्ट एण्ड सुलेभानका ग्लोवल प्रेसिडेण्ट अरुप जुत्सीले नेपाल प्राकृतिक रुपले जति सुन्दर छ, त्यतिनै यहाँ लगानीको सम्भाव्यता रहेकोले उद्यमशिलताको प्रवद्र्धन गर्न नेपाल सरकार र निजी क्षेत्रसँग फ्रस्ट एण्ड सुलेभान निरन्तर सहकार्य गर्न तत्पर रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू