अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

अमेरिकामा ‘इन्टरनेशनल पप स्टार’को उपाधी पाउने पहिलो नेपाली गायक बने राजेश पायल

बिआरटीनेपाल २०७४ कार्तिक २२ गते ७:३५ मा प्रकाशित

नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक राजेश पायल राईलाई अमेरिकीमा ‘इन्टरनेशनल पप स्टार’को उपाधि प्रधान गरेको छ । अमेरिकाको रोचेस्टर सिटीका लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा केर्डिक एल अलेक्जन्डरले संयुक्त रूपमा प्रधान गरेको यो उपाधि पाउने गायक राई पहिलो नेपाली कलाकार हुन् ।

उपाधि प्राप्त गरेका गायक राईलाई यो पटक रोचेस्टर सिटी पुग्दा अमेरिकी प्रहरीले विमानस्थलबाट कार्यक्रम स्थलसम्म सुरक्षा प्रबन्ध मिलाएको थियो । यो सम्मानपुर्वक गरिएको स्वागत पनि अमेरिकामा नेपाली कलाकारको पहिलो अनुभव हो ।

गायक राईको सम्मानमा अमेरिकाको रोचेस्टरमा हरके वर्षको नोभेम्बर नोभेम्बर ५ का दिन ‘राई इज किङ डे’ फेस्टिभल मनाउने घोषणा समेत अमेरिकी सरकारले गरेको छ ।

सम्मानपछि गायक रार्इले आफूलाई अन्तर्राष्ट्रिय सम्मानको लायक बनाउने नेपाली श्रोता दर्शकलाई धन्यवाद दिँदै यो उपाधि सम्पूर्ण नेपालीको उपाधि रहेको बताएका छन् । उनले भनेका छन् ‘नेपाली कलाकारलाई अमेरिकामा दिइएको यो सम्मानले म असाध्यै खुसी छु र ‘राई इज किङ डे’ मनाउने घोषणाले झन् उत्साहित छु।’

प्रतिक्रिया